पोखरा ट्रेड मलको अध्यक्षमा विन्दु थापा

पोखरा, २५ कात्तिक /प्रदेश नम्बर ४ कै नमुना व्यापारिक भवन सञ्चालन गरेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रा.लि. को ५ औं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट दोस्रो कार्यकालको लागि सञ्चालक समिति अध्यक्षमा विन्दुकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट प्रबन्ध सञ्चालकमा मीनराज काफ्ले, सञ्चालकमा (अर्थ) दीपक कुमार मुल्मी, सन्तोष कुमार घिमिरे, वासुदेव पराजुली, शिव शर्मा र राजुकुमार शर्मा निर्वाचित भएको कम्पनी सचिव माधव तिमिल्सिनाले जानकारी दिए । निर्वाचन अधिकृत अधिवक्ता दामोदर अधिकारी थिए ।

विभिन्न व्यवसायमा आबद्ध व्यवसायीको सहलगानीमा प्रदेश नम्बर ४ कै पहिलो र अत्याधुनिक मल पोखराको चिप्लेढुंगामा सञ्चालित छ । मलमा व्यापारिक सटरका अतिरिक्त २ वटा मल्टी प्लेक्स हल सञ्चालनमा छन् । किनमेलका लागि आएका उपभोक्तालाई मनोरञ्जनका लागि सञ्चालित यी हलमा दिन प्रतिप्रतिदिन आकर्षण बढ्दै गएको सञ्चालक सन्तोषकुमार घिमिरेले बताए ।

ट्रेड मल भित्र ग्रोसरी सामान, फेन्सी, गहना अर्थात् नुन देखि सुनसम्मका सामग्रीका पसल छन् । ब्रान्डेड सामानका लागि अहिले उपभोक्ताले ट्रेड मललाई रोज्ने गरेको अध्यक्ष थापाले बताए । बैंक, सहकारी २० प्रकार भन्दा बढीका व्यावसायिक प्रतिष्ठान मलभित्र सञ्चालनमा छन् । प्राविधिक हिसाबले माटो परीक्षण गरी भवनको स्टकचरल डिजाईन गरिएकाले ८.५ रेक्टर स्केलको भूकम्प प्रतिरोधात्मक रहेको कम्पनी सचिव तिमिल्सिनाले बताए ।

यसैगरी, फायर फाईटिङ, विद्युतीय भ¥याङ र लिफ्टको व्यवस्था भएकाले मलभित्र छिर्ने ग्राहकले असुरक्षा महसुस गर्नै नपर्ने कम्पनीको दाबी छ । पोखरामा पार्किङको समस्या ज्यादै भए पनि मलले यसका लागि पर्याप्त स्थान छुट्याएको छ । यसैगरी भवनको चारैतिर र पसल तथा अफिसहरुमा सिसी क्यामरा, भवनको ३ तर्फबाट आवत जावतको व्यवस्था गरिएको छ ।

कमेन्टहरु
Loading...