पोखरामा केवलकार अर्को वैशाखमा सञ्चालनमा, मंगलबार देखी जापानबाट पोखरामा सामान

पोखरा, १९ वैशाख/पोखरेलीको पोखरा मै केवलकार चढ्ने सपना अर्को वर्षको वैशाखमा पुरा हुने भएको छ । अन्नपुर्ण केवलकार प्रालिकाले निर्माण गरी रहेको पोखराको सेदी देखी सराङकोट सम्मको केवलकार अर्को वैशाख सम्ममा सुरु गर्ने लक्ष्यका साथ काम भईरहको अन्नपुर्ण केवलकार प्रालिका अध्यक्ष कालु गुरुङले बताए । उनले पहिलो चरणमा बेसमेन्टको काम भईरहेको बताए । ‘बेसमेन्टको सामान जापानबाट पोखरा आइपुगेका छन् । जापानबाट ६० कन्टेनर सामान पोखरा हिडेकोमा मंगलबार देखी कन्टेनरले सामान लिएर निर्माण स्थलमा आईपुगेका छन् ।

टावरका आवश्यक सबै सामान जापानको नेपाने केवलबाट आयात गरिएको अन्नपुर्ण केवलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठीले बताए । पहिलो लटमा बेसमेन्टमा प्रयोग हुने अंकुबोल्ट आउने छ । उनका अनुसार टावर राख्ने बेसमेन्टको ढलान गर्ने काम सकिईसकेको बताए । ‘टावर राखिने बेसमेन्टको ढलान कार्य जापानीज प्राविधिले अध्ययन गरी फर्किसकेका छन्’ उनले भने—‘अब भवन, बोरिङ, खानेपानी ट्यांकी लगायतका पुर्वाधारको काम अगाडि बढाईएको छ ।’ बेसमेन्टपछि टावरका सामान आउने सञ्चालक त्रिपाठीले बताए । टावर निर्माण गरिसकेपछि केवलकारको लठ्ठा(तार) आईपुग्ने छ ।

केवुलकार निर्माणको स्थानीय परामर्शदाता रोप–वे नेपालका अध्यक्ष तथा इन्जिनियर गुणराज ढकालका अनुसार सेदीबगरमा केवुलकारको तल्लो स्टेशन रहनेछ । केवलकार निर्माणको सिभिलको काम भने चितवन कोई प्रालिले लिएको छ । प्रालिले टावरका सम्पूर्ण पुर्वाधार तयार गर्ने उनको भनाई थियो । पूर्वाधार निर्माणको जिम्मा पाएको चितवन को–इ ले मनकामनामा केवुलकार बनाएको हो । मनकामना, चन्द्रागिरी र अन्नपूर्ण केवुलकारमा एकैखाले प्रविधि जडान हुने प्राविधिकले बताएका छन् । इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्नेछ । यो मोडल अनुसार चितवन को–इ ले पुर्वाधार बनाएर अन्नपूर्ण केवुलकारलाई हस्तान्तरण गर्नेछ ।

केवलको निर्माण कार्य गत माघदेखि शुरु गरि भएको हो । ‘माघदेखि केवलकारको सिभिल काम शुरुभईसकेको छ ।’ सञ्चालक त्रिपाठीले भने—‘छ महिनाभित्रमा टावरको काम सक्ने लक्ष्य छ ।’ सराङकोटको टावर १ हजार पाँचसय ९५ मिटरको उचाईमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पुरा हुने छ ।

फेवा किनारबाट पोखराको सराङकोटमा केबलकार सरर
फेवा किनारबाट पोखराको सराङकोटमा केबलकार सरर

केवलकारको दुरी २ दशमलव ३ किलोमिटर लम्बाईको हुने छ । २० वटा गुण्डोला( डिब्बा )रहने छन् । प्रत्येक डिब्बामा आठजना यात्रुको क्षमताको हुने छ । १३ वटा टावर निर्माण गरिने छ । प्रत्येक टावर ३ सय १६ मिटरको फरकमा हुनेछ । प्रतिघण्टा पाँच सय यात्रु ओसार्ने छ । यात्रु बढेमा पछि क्षमता विस्तार गर्न सकिने र भविश्यमा ३५ वटा डिब्बा सञ्चालन गरी प्रतिघण्टा एक हजार यात्रु ओसार्न सकिने छ ।

पोखरा उपमहानगरपालिका २६ सराङकोटको सेदीबगरदेखि सराङकोट हाईटसम्म केवलकारको जक्सन बन्ने छ । एक अर्ब १० करोड लगानी लाग्ने उनले बताए । केबलकार निर्माणको लागि ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी लगानी रहेको उनले जानकारी दिए । केवलकारमा रियल स्टेट व्यवसायी कालु गुरुङ, सराङकोटस्थित होटल अन्नपुर्णका सञ्चालक ताकासी मियाहारा र विदेशीले लगानी गरेका छन् ।

सञ्चालक त्रिपाठीका अनुसार ६४ करोड रुपैयाँ लगानी बैंकले ऋण लगानी गरेको छ । सनराईज बैंक तथा वाणिज्य बैंकले लगानी गरेका छन् । बाँकी लागत स्टेक होल्डरले लगानी गर्ने उनको भनाई थियो । ‘कम्पनीको मात्रै होईन सराङकोटबासीको प्रत्यक्ष÷अप्रत्यक्ष सहभागि रहने छ ।’ सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले सराङकोटलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन २७ करोडको गुरुयोजना बनाई काम अगाडि बढाएको छ ।

विशाल शिवमन्दिरमाथि शिवपार्वतीको मूर्ति, बौद्ध गुम्बा लगायतका अन्य पुर्वाधार तयार गर्ने लक्ष्य लिएको छ । सात वर्षभित्रमा सक्ने लक्ष्यसहित एकसातापछि काम अगाडि बढाउने जनाएको छ । केवलकार निर्माण र सराङकोट गुरुयोजना पुरा भए पोखराको लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र विन्दु बन्ने स्थानीयबासी एवं सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।

कमेन्टहरु
Loading...