पोखराका ट्याक्सी चालकले सडक मै ट्याक्सी रोकेपछि, प्रहरीले खुलायो सडक

पोखरा, २६ पुस/मनपरी भाडा उठाउँदा प्रहरीले पक्राउ गरेको बिरोध गर्दै आन्दोलनमा उत्रिएका पोखराका ट्याक्सी चालकलाई सडकबाट ट्याक्सी नै हटाएर प्रहरीले बाटो खुलाएको छ । पोखराका मुख्य चोकमा ट्याक्सी पार्किङ गरी सडक बन्द गराएका ट्याक्सीलाई प्रहरीले धकेलेर बाटोबाट सडक किनारामा पु¥याएर बाटो खुलाएको हो । प्रहरीले मंगलबार सिभिल पोशाकमा प्रहरलाई ट्याक्सीमा चढ्दै बढी भाडा लिने ट्याक्सी चालकलाई प्रहरीले पक्राउ परेको थियो ।

ट्याक्सी चालकले पोखराको पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, चिप्लेढुंगा लगायतका मुख्य चोकमा ट्याक्सी पार्किङ गरेर ट्याक्सी चालकहरु आन्दोलनमा उत्रिएका थिए । प्रहरीले आन्दोलनरत चालकलाई तितिरवितिर गराउँदै सडकमै पार्किङ गरिएको ट्याक्सी धकेलेर बाटो किनारामा लगाएको हो । अवरोध गर्ने केही ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सडकबाट ट्याक्सी हटाउन कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह आफै सडकमा उत्रिएका थिए ।
मिटरमा ट्याक्सी चलाउन नमानेपछि मंगलबार बेलुकी पोखराका विभिन्न स्थानबाट कास्की प्रहरीले ट्याक्सी सहित १७ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुको विना सर्त रिहाईको माग गर्दै सडकमा नै ट्याक्सी तेर्साएर मौन बिरोधमा उत्रिएको ट्याक्सी चालकको भनाई छ । सवारी चाप बढी हुने समयमा मुख्य चोकमा नै ट्याक्सी तेर्साएर सवारी आवगमन बन्द गर्दा बाटोमा बिरामी बोकेका एम्बुलेन्सले रोकिन पुगेका थिए ।

पोखराका ट्याक्सी चालकले सडक मै ट्याक्सी रोकेपछि, प्रहरीले खुलायो सडक
पोखराका ट्याक्सी चालकले सडक मै ट्याक्सी रोकेपछि, प्रहरीले खुलायो सडक तस्बिरः सुर्दशन रञ्जित

आखिर किन पक्राउ परेका थिए १७ चालक यस्तो छ कारण

उपभोक्ताहरुलाई मनपरी भाँडा असुल्ने र मिटरमा ट्याक्सी चलाउन नमान्ने चालकहरुलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमूख अशोक सिंहले बताएका छन ्। नियन्त्रणमा लिइएको चालकहरुलाई यातायात कार्यलय पठाएको एसपी सिंहले जानकारी दिए । एसपी सिंहले भने, ‘मनपरी ढङ्गले भाडा उठाई सर्वसाधारण यात्रुहरु ठगीमा परेको जनगुनासाहरु आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रण लिन बाध्यात्मक स्थिति आएको हो।’

यता, ट्याक्सीसहित प्रहरीले चालकहरुलाई नियन्त्रणमा लिएको भन्दै पोखरामा ट्याक्सी व्यवसायीसहित चालकहरु आन्दोलित बनेका छन्। पोखराको सडक छेउमा ट्याक्सी खडा गरेर आन्दोलनकारीहरुले साङ्केतिक हड्तालमा उत्रिएका हुन्। मंगलबार बेलुकी नियन्त्रणमा लिइएका ट्याक्सी र चालकहरुलाई नछाडेसम्म पोखरा नगरभित्र चल्ने २२ सय ट्याक्सी व्यवसायी तथा सम्बद्ध चालकहरुले आगागमन ठप्प पार्ने जनाएका छन्।

स्थानीयस्तरमा बैज्ञानिक भाडादर कायम हुनुपर्ने ट्याक्सी व्यवसायीहरुको माग छ। ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले स्थानीयस्तरमै ट्याक्सीको न्यूनतम भाडादर कायम हुनुपर्ने बताए। ‘उपभोक्ताहरु ठगिएकोमा हामीसमेत चिन्तित छौं,’ तिवारीले भने, ‘ सम्बद्ध निकायहरुबाटै मिटरमा न्यूनतम भाडादर कायम गर्नुपर्यो।’
यस्तै नेपाल यातायात मजदुर संघले आज एक विज्ञप्ती जारी गर्दै ‘पक्राउ परेका चालकलाई बिना सर्त रिहाई गर्दै दिर्घकालिन समस्याको समाधान माग गरेको छ ।

संघका अध्यक्ष दामोदर पण्डितद्वारा जारी विज्ञप्तीमा यसो नभएमा संघले सबै किसिमका मजदुरसँग सम्नवय गरी चरणबद्ध आन्दोलनमा लाग्ने चेतावनी दिएको छ । उसले विज्ञप्तीमा ‘पोखरामा सञ्चालित ट्याक्सीमा मिटर सञ्चालनको विषय पटक पटक आइरहेको र यो विषयमा व्यवसायी संस्था मजदुर संघ, संगठन, प्रशासन, उपभोक्ता नागरिक समाजको छलफलले सम्पूर्ण अवस्था जाँचबुझ गरी सञ्चालन गर्न मजदुरलाई जानकारी दिनुपर्नेमा यसो नभई पटक पटक मजदुरलाई दुख दिने काम भइरहेको छ । यस किसिमको कार्यले गरिखाने यातायात मजदुरको गरिखाने मजदुरमा त्रास उत्पन्न भएको छ। ’विज्ञप्तीमा भनिएको छ ।

कमेन्टहरु
Loading...