पोखरामा मिटरमा जान नमान्ने ३६ ट्याक्सी एकै दिन कारवाहीमा (भिडियो सहित)

पोखरा, २ जेठ/पोखरामा मिटरमा जान नमान्ने ३६ वटा ट्याक्सी एकै दिन कारवाहीमा परेका छन् ।

पोखरा नगरक्षेत्रमा संचालित भाडाका मिटर ट्याक्सीले सर्वसाधरण यात्रुसँग मिटरमा जान नमानी बार्गेनिङ गरेको गुनासो पछि प्रहरीले छड्के गर्दा ३६ वटा ट्याक्सी कार्वाहीमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम बहादुर रानाले सबै ट्याकीलाई कारबाहीका लागि यातायात कार्यालय पठाएको बताए । उनले पहिलो पटकलाई ५ हजार तिराएर छाडिने र अर्को पटक पनि फेला परे सार्वजनीक मुद्धा चलाउने बताए ।

ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहत ईकाईबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले बताए ।

कमेन्टहरु
Loading...