सुन्दर पोखरा भल्किने गरी काम गरौंः मेयर जिसी

पोखरा, ३० असोज/ पोखरा महानगरपालिकाले नेपालीहरुको महान पर्व विजयादशमी, तिहार, छठ लगायतका विभिन्न जातजातिका पर्वको

अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । महानगरको सभाहलमा सोमबार कर्मचारीकाबीचमा शुभकामना आदानप्रदान कार्यक्रम

गरेको हो ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विजयादशमीको अवसरमा सम्पूर्ण नगरबासी तथा महानगरका

कर्मचारी र जनप्रतिनिधि लगायत सम्पूर्णको सुख शान्ति, समृद्धि र दीर्घायूको कामना गरे । उनले सुन्दर पोखरा झल्किने गरी काम गर्न

कर्मचारीलाई आग्रह गरे ।

उनले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन विजयादशमीले प्रेरणा र शक्ति प्रदान गरुन् भन्ने कामना समेत गरे । उनले सुन्दर

पोखरा जस्तै कर्मचारी र हामी जनप्रतिनिधिले गर्ने काम पनि राम्रो र नगरबासीको हितमा हुुनुपर्ने बताए । उनले जनतालाई सुशासन

दिलाउन अझै कर्मचारी तन्त्र परिस्कृत र माझिन जरुरी रहेको पनि बताए ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले चाडपर्व हाम्रा संस्कृति र संस्कृति हाम्रो पहिचान भएकाले

दशैलाई त्यही रुपमा मनाउन सबैमा आग्रह गरे । उनले कर्मचारीले जहिले पनि जनतालाई प्रथामितामा राखेर काम गर्नुपर्ने बताए । उनले

विजय दशमीले हामी सबैमा सुख, शान्ति, समृद्धि ल्याउन सकोस् भनेर शुभकामाना व्यक्त गरेका थिए । कार्यक्रममा महानगरका विभिन्न

महाशाखा प्रमुख, शाखा प्रमुख लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । प्रमुख जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन

कानुन शाखाका कानुन अधिकृत राममणि अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...