पोखरा सडक महोत्सव जारी, डुङगा दौडमा फिस्टेल घाट पहिलो

पोखरा, १३ पुस / रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा २१ औ पोखरा सडक महोत्सव जारी छ । पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा भएको मेला हर्न आउने दर्शकहरुको सख्या बढ्दै गएको छ । आइतबार दिऊसो पोखराका कोमागाने पार्कमा राष्ट्रिय लोकदोहोरी कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका छन् ।

आइतबार दिऊसो लोकदोहोरी र हास्य कलाकारले मनोरञ्जन दिए भने साझँ लाइभ कन्सर्टमा रमेको सडक महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए । आइतबार लोकदोहोरी तर्फ देवी घर्ती, सरला पाण्डे, मञ्जु विक, दुर्गा क्षेत्री, बद्री पगेनी, जिवन दाहाल, श्रीराम अधिकारी र घनश्याम रिजालको प्रस्तुती दिएका थिए । त्यसै गरि हास्य कलाकार सापटे र भटभटेले मनोरञ्जन प्रदान गरेका छन् ।

पोखरा सडक महोत्सव
पोखरा सडक महोत्सव

लाइभ कन्सर्ट तर्फ अभय एण्ड द स्टिम इन्जिनको प्रस्तुतीमा रमाएका छन् । सोमबार लोकदोहोरी तर्फ प्रिती आले, निशा पोख्रेल, सिता परियार, कमला ग्रैहे, बसन्त थापा, शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ र रामजी पौडेलको प्रस्तुती रहने छ । त्यसै गरि हास्य कलाकार तर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली, मनोज गजुरेलको प्रस्तुती रहने बरालले बताए । साझँ लाइभ कन्सर्टमा सबिन राईको प्रस्तुती रहने छ ।

सडकमै खाऊ, सडकमै रमाऊ, भन्ने नाराका साथ भएको महोत्सवमा रेष्टुरेण्टहरु सडक पेटि मै राखेर लेकसाइडलाई झिलिमिलि बनाएको छ ।

डुङगा दौड प्रतियोगितामा फिस्टेल घाट पहिलो

पोखरा सडक महोत्सवको अवसरमा आयोजना गरेको डुङगा दौड प्रतियोगितामा फिस्टेल घाट पहिलो भएको छ । फिस्टेल घाटबाट सहभागी दिपेन्द्र परियार, आशिस परियार र अमिस परियारले पहिलो हुदै नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे ।

बाराही घाट ईबाट सहभागी दिपेश परियार, पुर्ण मगर र जिवन मगरको समुहले दोस्रो स्थान प्राप्त ग¥यो । उनीहरुले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे । बाराही घाट डिबाट केवल चौधरी, लेख माझी र गणेश माझीले तेस्रो हुदै ५ हजार नगद जित्न सफल भए । त्यसै गरि गौरीघाट समुहबाट गौतम भुजेल, सुवास सुबेदी र अमृत नेपालीले सान्तोना पुरस्कार नगद २ हजार जित्न सफल भए ।

प्रतियोगितामा ११ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, महोत्सवका संयोजक लक्ष्मण बराल, पुर्व अध्यक्ष चौ बहादुर गुरुङ, महोत्वसका सहसंयोजक बसन्त गौतम लगाएतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...