पोखरामा खुल्यो पोखरा स्काइ स्पोर्टस, ६ करोडको लागनी

पोखरा, १२ मंसीर / पोखराको भाटभटेनीमा स्काइ स्पोर्टस सञ्चालनमा आएको छ । पोखरा स्काइ स्पोर्टसले भाटभटेनीको छतमा ६ करोडको लगानीमा आवश्यक संरचना बनाई स्काइ स्पोर्टस सञ्चालनमा ल्याएको हो ।

स्काइ स्पोर्टसमा फुटसल, टेनिस, जिम, रेष्टुरेण्ट, बार, क्याफे लगायतका सेवा सहित शुरुवात गरेको पोखरा स्काइ स्पोर्टसका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा स्काइ स्पोर्टसमा लन टेनिस, जिम, जुम्बा, कार्डियो, साउना, स्टिम, ज्याकोजी, पुल हाउस लगायतका सेवा लिन सकिने उनले बताए ।

स्काइ स्पोर्टसमा भर्चुअल रियालिटी र प्ले स्टेशनको पनि सुविधा रहेको उनले बताए । स्काई स्पोर्टसको मंसिर २८ गते देखी औपचारीक रुपमा सञ्चालनमा आउने सञ्चालक हर्कराज गुरुङ ‘भाई’ले जानकारी दिए । उनले स्वस्थ जीवनशैली अपनाउनका लागि पोखरेलीलाई सघाउन स्काई स्पोर्टसबाट सेवा प्रदान गरेको बताए । स्काई स्पोर्टसको सेवा लिन कार्ड लागू गरिएको उनले बताए ।

युवा लक्षित गरेर सिल्भर, गोल्ड र प्लाटिनम गरी तीन प्रकारको कार्ड प्रयोगमा ल्याएको उनलेको भनाई छ । तीन प्रकारको कार्डमा एक महिनादेखी एक वर्षसम्मको प्याकेज रहेको उनको भनाई छ । ८ सयदेखी एक लाख ५० हजारसम्मको प्याकेज रहने यी कार्डहरु मध्ये गोल्ड कार्डमा १० प्रतिशत, सिल्भरमा ७.५ प्रतिशत र प्लाटिनममा १५ प्रतिशत छुट दिइने उनको भनाई छ ।

कार्डमा खेलसँगै खानामा पनि प्याकेज सहितको छुट रहेको स्काइ स्पोर्टसका प्रमुख कार्यकारी अधिकृत सुदीप दवाडीले जानकारी दिए । उनका अनुसार स्काइ स्पोर्टसमा रहेको रेष्टुरेण्ट एक सय जनाको क्षमताको छ । स्काई स्पोर्टसमा सुरज गुरुङ, पप संगित क्षेत्रमा चर्चित लेकाली व्याण्डका भोकलिष्ट हर्कराज गुरुङ ‘भाई’, सुदीप दवाडी, ओमकुमार लामा, शंकर भुजेल, आशिष गुरुङ र शरद पाठकको लगानी रहेको छ ।

सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म
सफल एक्स्पो पोखरा मंसिर १३ देखी २४ गते सम्म

#पोखरा स्काइ स्पोर्टस

पोखरा स्काइ स्पोर्टस

Posted by Ganthan.com on Wednesday, November 28, 2018

कमेन्टहरु
Loading...