सागर राज तिमिल्सिना
पोखरा, २६ भदौ /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाएर लैजान
छलफल गर्नु पर्ने बताएका छन् । होटल संघ नेपालले मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री
गुरुङले यौन व्यवसायलाई व्यवस्थित गरेर अगाडी बढ्नु पर्ने बताए । ‘किन रेडलाइट एरिया खोल्नु प¥यो,’ उनले
भने ‘रडेलाइट नखुल्ने हो भने कार्डहोल्डरको परिचयपत्र दिनु प¥यो ।’ उनले यौनकर्मीलाई परिचय पत्र दिएर पछि
कर उठाउने व्यवस्था गनुपर्ने बताए ।
‘अहिले जति रोक्न खोजे पनि यो धन्दा भएकै छ,’ मुख्यमन्त्री गुरुङले भने ‘यसो नगर्दा अहिले कति पयलाई कमाउ
धन्दा भएको छ ।’ उनले परिचयपत्र दिएर व्यवस्थित बताउन सकिने बताए । बनाऔं ।’ लुकेर धन्दा चलिरहँदा
केही निश्चित मान्छेले मात्रै फाइदा लिइरहेको उनको भनाई छ ।
‘परिचयपत्र भए पछि जुन सुकै होटलमा गएपनि भयो, पुलिस चेक गर्न आए कार्ड देखाए भइ हाल्यो ।’ उनको
भनाई थियो । कर्मचारी बिदा मनाउन आउँदा यौनकर्मी खोज्दै लेकसाइड जाने गरेको उनको भनाई थियो । उनले
पोखराको लेकसाइडलाई २४ सै घण्टा खुलाउनु पर्ने बताए ।