पोखरामा यौन व्यवसायमा संलग्न रहेको आरोपमा ११ जना पक्राउ

फाइल तस्बिर

पोखरा, ३ जेठ /कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ लेकसाईडबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा महिला तथा पुरुषहरुलाई पक्राउ गरेको छ ।

पोखराका होटल योकोहामा अवैधरुपमा यौन व्यवसाय संचालन गरेको आरोपमा प्रहरी टोलीले होटल संचालक, यौन व्यवसायमा सहयोग गर्ने ट्याक्सी चालक सहित ५ जना युवा र ७ जना युवतीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई मानव वेचविखन मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...