पोखरामा सेती नदिले बगाउदा एक जनाको मृत्यु

पोखरा, १३ जेठ / पोखरा महानगरपालिका १ गाईघाटबाट एक जनालाई सेती नदिले बगाउदा मृत्यु भएको छ ।

पोखरा १ शान्तिचोक बस्ने ६५ बर्षिय मान बहादुर परियार गाईघाटमा हातखुट्टा धुन गएकोमा एक्कासी चिप्लिन गई नदिले बगाउदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बगाएको खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई निजको उद्धार गर्ने क्रममा सोही स्थान कै काली खोला र सेती खोलाको विचको खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...