पोखरामा ट्याक्सी बाटोमा राखेर बाटो अवरोध गर्ने १६ जना पक्राउ

पोखरा, २६ पुस /पोखरामा ट्याक्सी बाटोमा राखेर बाटो अवरोध गर्ने १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पोखरा लेखनाथ महानगरपालीकामा चल्ने ट्याक्सीले मिटरमा ट्याक्सी चलाउन नमाने पछि मंगलबार १८ जना ट्याक्सी चालकलाई पक्राउ गरेको थियो ।

सोही विषयलाई लिएर प्रहरीले नियन्त्रणमा लिएको हिराइको माग गर्दै आन्दोलनामा आएका चालकहरुलाई प्रहरीले पक्राउ गरेको हो । आज पोखराको पृथ्वीचोक, सृजनाचोक, सभागृहचोक, महेन्द्रपुल र चिप्लेढुंगामा ट्याक्सी चालकहरुले ट्याक्सी सडकमै पार्किङ गरी बाटो अवरोध गरी आन्दोलन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीको कमाण्डमा खटीएको प्रहरी टोलीले पोखराका स्थानमा बाटो अवरोध गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कमेन्टहरु
Loading...