पोखरामा असारे १५ मा किसानको खेत मै बस्न् बाध्ये

धान दिवस, रोपाई
0

सागर राज तिमिल्सिना
पोखरा, १५ असार/ किसानलाई असारे चटारो छ । मुरी उत्पादन गर्ने लक्ष्य छ । मनसुन पनि जारी छ । सिचाई नभएको ठाँउमा आकासे पानीको भरमा धान रोप्नुपर्ने बाध्यता छ । त्यसमा पनि यस वर्ष कोरोना र लकडानका कारण किसानलाई अझ अप्ठेरो पारेको छ ।

अघिल्लो वर्षहरुमा पोखरामा पर्यटन प्रर्वद्धन गर्न पोखरा पर्यटन परिषद्ले रोपाई महोत्सव गर्दै आएपनि यस बर्ष कोरोनाका कारण महोत्व पनि हुन सकेन । पोखरामा अघिल्लो वर्ष पर्यटन व्यवसायी, पर्यटकहरु र अन्य व्यक्ति असार १५ मा हिलोमा खेल्दै रमाउने गर्थे । तर महोत्सव हुन नसकेपछि किसानहरु मात्रै खेतमा देखिन्थे । सरकारले असार १५ मा धान दिवसको रुपमा मनाउदै आएको छ ।

पोखरा र आसपासका क्षेत्रमा रहेका विरुवा फाँट, कुँडहर फाँट, हेमजा फाँट, फेवा फाँट, लेखनाथ क्षेत्रका फाँटहरुमा धेरै धान उत्पादन हुने गर्दछ । लकडाउनले गर्दा सार्वजनीक यात्रायात नचल्दा किसानले दुःख पाएका छन् । खेतमै पालटागेर बन्नु पर्ने अवस्था आएको किसार इमान सिंह विकले बताए ।

मानो रोपेर मुरि उब्जाउने मेलो हो असार पन्ध्र । रापाईमा रोपाहारा, बाउसे र हली सबैले आफ्नो जिम्मेवारीको काममा खटिएका छन् । रोपाहारा असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । बाउसे दाई कान्ला खन्ने, पानी मिलाउने र गरो सम्याउने काममै व्यस्त देखिन्छन् । पछिल्लो समयमा जोत्नका लागि विस्तारै ट्याक्टरको प्रयोग हुन थालेको छ ।

पोखरामा पोखरेली जेठोबुढो धान उत्पादनका लागि प्रख्यात छ । यहाँ उत्पादन भएको धान बाहिरी जिल्लामा समेत जाने गरेको छ । पोखरा र आसपासका क्षेत्रमा करिब ४० प्रतिशत रोपाई सकिसकेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।

पोखरामा खेतबारीमा धेरै घरहरु बनिसकेका छन् । ठूला रोपनीका फाँटहरु घट्दै गएका छन् । फाँटमा प्लटिङ गरी बस्ती बसेकोले कास्कीमा धानको उत्दान बर्षेनि घट्दो छ । कास्की २५ हजार ६ सय हेक्टरमा खेति हुदै आएको छ ।

कास्की ९५ हजार मेट्रिक टन धान उत्पादन हुने कृषिज्ञान केन्द्र स्याङजाका प्रमुख शालिकराम अधिकारीले जानकारी दिए । उनले यस वर्ष बेलामा नै वर्षा, हुनु, लकडाउनले मानिसहरु फुसदिला हुनु, कुला मर्मत सम्हार भएका लगातका कारण २ सय देखी ३ सय हेक्टरमा धान खेती बढ्ने अनुमान रहेको उनले बताए ।

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।

रिप्लाई दिनुहोस्

कमेन्ट गर्न इमेल आवश्यक छ तर सार्वजनिक गरिने छैन ।