पोखराकी एक महिलाको पनि आरडीटी रिपोर्ट पोजेटिभ

पोखरा, ३ वैशाख/ पोखरा महानगरपालिका वडा नम्बर १२ की ५५ वर्षीया महिलाको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटले परीक्षण कोरोना पोजेटिभ देखिएको छ ।

२७ दिन पहिले दुबईबाट पोखरा आएकी ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो ।

मंगलबार पोखरा महानगरपालिकाको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा पोजेटिभ आएको हो । उनको स्वाब परीक्षण निकालिएको छ ।

उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भएरनभएको पुष्टि हुने गण्डकी स्वास्थ्य निर्देशनाले जानकारी दिएको छ ।

उनी घरमा एक्लै बस्दै आएकी थिइन् । उनी दुबईमा छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी थिइन्।

कमेन्टहरु
Loading...