पोखरा रंगशालाको प्यारापिट भत्काउन सुरु, करिब २५ हजार क्षेमताको बन्दै

पोखरा, १२ पुस /पोखरा रंगशालाको पुरानो फुटबल प्यारापिट बुधबारदेखि भत्काउन सुरु गरिएको छ । पश्चिमान्चल क्षेत्रिय खेलकुद विकास समितिले दर्शक प्यारापिटबाट भत्काउने सुरु गरेको हो । भुकम्पका कारण जिर्ण भएको रंगशाला भत्काउन सुरु गरेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

करिब १ अर्व ३३ करोडको लागतमा पोखरा फुटबल स्टेडियम अबको १० महिनामा निर्माण सम्पन्न हुने गरि काम थालिने अध्यक्ष पौडेलले बताए । उक्त स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषद्ले ग्लोबल टेण्डर समेत आह्वान गरि टेण्डर प्रक्रियालाई अन्तिम चरणमा पु¥याएको अध्यक्ष पौडेलले बताए ।

पोखरा रंगशालाको प्यारापिट भत्काउन सुरु, करिब २५ हजार क्षेमताको बन्दै
पोखरा रंगशालाको प्यारापिट भत्काउन सुरु, करिब २५ हजार क्षेमताको बन्दै

हालको संरचना भत्काउन परिषदले ४४ लाख रुपैंया निकासा गरिसकेको उनले जानकारी दिए । अबको एक महिनामा पुरानो संरचना भत्काएर ग्लोबल टेण्डरमा स्विकृती पाएको कम्पनीले नयाँ निर्माण अघि बढाउने अध्यक्ष पौडेलले बताए ।

उनले सन् २०१९ को मार्चमा नेपालमा आयोजना गरिने १३ औ दक्षिण एशियाली खेलकुदलाई मध्येनजर गर्दै नयाँ संरचना बनाउन फुटबल रंगशाला भत्काएको बताए ।

कमेन्टहरु
Loading...