पोखराको राहत कोषमा प्याब्सनको ५ लाख

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गर्दै प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदी सहितको टोली ।
0 221

पोखरा, २१ चैत/ पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ । शुक्रबारसम्ममा १४ लाख २७ हजार ७ सय ६६ रुपैयाँ संकलन भएको छ । शुक्रबार ६ लाख ६१ हजार ६ सय ६६ रुपैयाँ सहयोग प्राप्त भएको छ । बिहीबार मात्र ७ लाख ६५ हजार ६ सय ५५ सहयोग प्राप्त भएको थियो ।

शुक्रबार निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले ५ लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदी, प्याब्सनका केन्द्रीय अनुशासन समितिका सदस्य बाबुराम पन्त, प्याब्सन कास्कीका पूर्व अध्यक्ष तथा प्याब्सनका पूर्व केन्द्रीय सदस्य कृष्ण केसी, प्याब्सन कास्कीका कोषाध्यक्ष श्रीकृष्ण अधिकारीले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरे ।

प्याब्सनले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम महानगरको कोषमा सहयोग गरेको प्याब्सन कास्कीका पूर्व अध्यक्ष केसीले बताए । महानगर हाम्रो अभिभावक भएकाले उसले थालेको अभियानमा प्याब्सनले साथ दिन सहयोग गरेको प्याब्सन कास्कीका अध्यक्ष सुवेदीले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संकटको बेलामा प्याब्सन कास्कीले गरेको सहयोग सह्रानीय भएको बताउँदै आ—आफ्नै ढंगले राहत वितरण गर्दा जोखिम बढ्ने हुँदा महानगरपालिले व्यवस्थित तरिकाले एकद्वार प्रणाली मार्फत राहत वितरणको योजना बनाएको बताए । कोरोनाको संक्रमणलाई फैलिन नदिन सरकारले गरेको लकडाउनको समयमा अति विपन्न र महामारीले जोखिममा परेका परिवारहरुलाई राहत वितरण गर्न पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरेको हो ।

शुक्रबार कुँडहर बचत तथा ऋण सहकारी संस्थाले ५० हजार, पोखरेली ख्रिस्टिय समुदायले २५ हजार, असल छिमेकी नेपाल पोखरा सिम्पानीले २५ हजार सहयोग सहयोग गरेका छन् । पोखरेली ख्रिस्टिय समुदायका कोषाध्यक्ष राकेश पुन र असल छिमेकी नेपालका वरिष्ठ अधिकृत दिनेश केसीले पोखरा महानगरपालिकाका प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका थिए ।

धर्मस्थली बचत तथा ऋण सहकारी संस्था १५ हजार, अनुकुल कृषि सहकारी संस्था १५ हजार, शैक्षिक समाज सहकारी संस्था ११ हजार १ सय ११, दूध पोखरी बचत तथा ऋण सहकारी संस्था १० हजार ५ सय ५५, पानस बचत तथा ऋण सहकारी संस्थाले १० हजार सहयोग गरेका छन् ।

पोखरा महानगरपालिकाले विषम परिस्थतिमा महानगरले थालेको अभियानमा सहयोग गर्न सबैमा आह्वान समेत गरेको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

 

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...