पोखरा पामे- ठुलाखेत घाटिछिना सडकमा आधा /आधा घण्टामा बस सेवा

पोखरा, १० भदौ/पोखरा नगरपालिका सराङकोट खपौदीका बासीन्दाले विहान ८ बजेदेखि ११ बजेसम्म पोखरा पामे ठुलाखेत घाटिछिना सडक बन्द गरेका छन् । उनीहरुले सेदी, खपौदी, भकुन्डेका जनतालाई यातायातमा असहजता भएको भन्दै बाटो बन्द गरेका हुन् ।

उनीहरुले पोखरा पामे ठुलाखेत घाटिछिनामा यातायात थप गर्न माग गरेर आन्दोलन गरेको खपौदी पर्यटन विकास समितिका अध्यक्ष रणबहादुर थापाले जानकारी दिए । उनले दैनिक यात्रुबाहक बस आफ्नै घर आँगनबाट गुड्ने गरेपनि आफुहरुलाई ति बसले नबोके र हिड्नु पर्ने अवस्था आएको थापाले बताए ।

उनले पोखरा नगरबस र स्थानीय सिङगार यातायात सगँ प्रत्येक आधा आधा घण्टामा बस छुटाउने सहमती पछि बन्द बाटो खुलाएको बताए । उनले पहिलो एक एक घण्टामा हुदा आफुहरुले बसमा यात्रा गर्न नपाएको गुनासो गरे ।

कमेन्टहरु
Loading...