पोखराको जिरोकिमिमा दुर्घटना, एकको मृत्यु

पोखरा, १ फागुन / पोखरा महानगरपालिका वडा नम्बर ५ जिरो किमिमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

ग १ ज ४०९७ नम्बरको ट्याक्सी र ग १० प २५५५ नम्बरको मोटरसाईकल ठोकिदा मोटरसाईकलमा सवार दार्चुला घर भई हाल पोखरा महानगरपालिका ६ खहरे बस्ने पदम सिंह दडालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाम परि घाइते भएको उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाईकल चालक काभ्रे घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ न्यूरोड बस्ने २४ बर्षिय आशिष भुजेल घाईते भएका छन् ।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...