पोखराको न्यूरोडमा आगलागी, दुई पसल जलेर नस्ट

पोखरा, ४ भदौ / पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा दुई पसल जलेका छन् । आगोलागीबाट करिब २५ लाखको धनमाल

जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

न्यूरोडको पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तलको दुई सटरमा आगोलागी भएको हो ।

आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा सोलारका सामानहरु रहेको र ती सामानहरु आगोले जल्दा करिब १५ लाख र

कोपिला नेपालीले सञ्चालन गरेको सुजल किराना पसलका सामानहरु जल्दा करिब १० लाखको क्षति पुगेको प्रहरीले जानकारी

दिएको छ ।

राति आगलागी भएकाले ढिलो गरेर जानकारी पाउँदा धेरै क्षति भएको बताइएको छ । प्रहरीले विद्युत सर्ट भई आगलागी भएको

हुनसक्ने अनुमान गरेको छ ।

कमेन्टहरु
Loading...