पोखरा नयाँपुल बस सेवा संचालनमा सुरु

पोखरा, १६ भदौ । पोखरा देखि नयाँपुल सम्मका लागि आजदेखि छुट्टै बस संचालनमा आएका छन् ।कास्की ढिकुरपोखरी, कास्कीकोट, सल्यान र लुम्लेवासी एवम् पृथ्वी राजमार्ग वस संचालक समिति बीच भएको सहमति अनुसार बिहिवारदेखि त्यस रुटका लागि नयाँ वस संचालनमा आएका हुन् ।

हाललाई दुई बसबाट सेवा सुरु गरिएको भएपनि नयाँ बस दर्ता भएसँगै सो रुटमा वस सङख्या थप्दै जाने योजना आफुहरुको रहेको पृथ्वी राजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । आगामि आइतबारबाट पथ्वीचोक नयाँपुल रुटका लागि थप ३ बसले पनि सेवा सुरु गर्ने केसीले बताउनुभयो ।

विशेष गरी विहान र कार्यालय समयलाई मध्यनजर गरी बसको समय व्यवस्थापनको तयारी भइरहेको बताइएको छ । वस सेवा सुरु भएसँगै त्यस क्षेत्रका बासिन्दाको विगत लामो समयदेखिको यातायात समस्या समाधान हुने विश्वास गरीएको छ । पृथ्वी राजमार्ग वस संचालक समितिले पोखरा नयाँपुल खण्डलाई छुटै रुटको मान्यता पनि दिएको छ । त्यस रुटका लागि नयाँ वस दर्ता हुने क्रम पनि चलिरहेको छ । यहि भदौ महिना भित्रसम्ममा १२ बसलाई सो रुटमा इजाजत दिने तयारी भइरहेको पृथ्वी राजमार्ग बस संचालक समितिले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...