पोखरा महानगरको नगरसभामा काग्रेसको नाराबाजी

540

सागर राज तिमिल्सिना
पोखरा, ६ चैत /पोखरा लेखनाथ महानगरपालिकामा कर्मचारी भर्ना प्रक्रियामा अनियमितता भएको भन्दै काँग्रेसका जनप्रतिनिधिले नाराबाजी गर्दै नगरसभा संचालनमा अवरोध गरेका छन् । मंगलबार बिहान साढे ११ बजे मेयर मानबहादुर जिसीले नगरसभा संचालन गरे लगत्तै काँग्रेसका वडा अध्यक्ष रामराज लामिछाने अनियमिता छानबिन नभएसम्म सभा अगाडि बढ्न नदिने जानकारी गराए ।

सहमतिका लागि भन्दै मेयर जिसीले काँग्रेस र एमालेबाट प्रतिनिधित्व गर्ने २–२ जना जनप्रतिनिधि राखेर १५ मिनेटको समय दिए पनि उक्त अवधिमा सहमति जुट्न नसकेपछि सभा सञ्चालन हुन सकेको छैन । केही दिनअघि महानगरले इञ्जिनिय, सवइञ्जिनियर र अनमिपदको लागि विज्ञापन आहवान गरी दरखास्त मागेको थियो । जसमा परीक्षामा सेटिङ मिलाएर आफ्नो पक्षमा कर्मचारीको पदपूर्ति गरेको भन्दै काँग्रेस समर्थित जनप्रतिनिधि आक्रोशित बनेका थिए । उनीहरुले कर्मचारी पदपूर्ति प्रक्रिया खारेज नभएसम्म सभा अघि बढ्न नदिने चेतावनी दिएका छन् ।

पोखरा महानगरको नगरसभामा काग्रेसको नाराबाजी
पोखरा महानगरको नगरसभामा काग्रेसको नाराबाजी

नगरसभामा १ सय ६७ जना जनप्रतिनिधि मध्ये काँग्रेसबाट ४७ जना प्रतिनिधि छन् । पोखरा सभागृहमा गत सातादेखि महानगरको सभा सुरु भएको हो । फागुन २९ महानगरको दोसो नगर सभाको पहिलो बैठकमा १८ वटा विधेक टेबुल भएका थिए । महानगरको सभाले पारित गर्ने विधेयक’bout नगरसभाका सभासद्ले आवश्यक अध्ययन गर्ने भन्दै समय माग गरेकोमा केही दिन स्थगित पछि आज डाकिएको हो ।

महानगरीय कृषि ऐन, कृषि बजार प्रबर्द्धन ऐन, सहकारी ऐन, कर्मचारी व्यवस्थापन ऐन, कृषि नीति, पशु नीति, स्वास्थ्य नीति, सार्वजनिक निजी साझेदारी नीति तथा ऐन, शिक्षा कार्य्विधि, एफएम रेडियो सञ्चालन कार्य्विधि, योजना आयोग गठन कार्य्विधि, विधायन समितिको कार्य्विधि, फोहोरमैला व्यवस्थापन निदेशिका, भवन मापदण्ड निर्दे्शिका, विज्ञापन नीति तथा निर्दे्शिका, न्यायिक समिति विधेयक, बजार अनुगमन निर्दे्िशका र उपप्रमुखसँग महिला कार्यक्रमको निर्दे्िशका सोमबारको सभामा पेश भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...