पोखरामा मुस्लिम समुदायहरुले बकर इद पर्व मनाउँदै (फोटो फिचर)

पोखरा, २७ साउन / मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशिर्वाद लिएर आज पोखरामा पनि बकर इद पर्व मनाउँदै छन् ।

खुसीपूर्वक शरिरको दान गरेर दिन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई बकर इद भनिएको हो । यो पर्वमा जुनसुकै वर्गका मुस्लिमले पनि यो मीठो मसिनो खाने गर्दछन् ।

हातमुख धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिइ मस्जिद, इदगाहमा गएर विशेष नमाज पढिन्छ । मुस्लिम धर्मावलम्बीले वर्षमा दुईपटक विशेष नमाज पढ्छन् । बकर इद र इद उल फितरमा ।

पोखरामा नवजा पढेपछि आफूभन्दा ठूलाबडा कहाँ गई आशिर्वाद लिइन्छ भने सानालाई आशीर्वाद दिइ पर्व मानेका छन् । पोखराको मियापाटन र चिप्लेढुगा लगाएतका मस्तीजमा बिहान नवाज पढेका थिए थिए ।

पोखरामा मुस्लिम समुदायहरुले बकर इद पर्व मनाउँदै तस्बिरः सञ्जय शाक्य

कमेन्टहरु
Loading...