पोखराको मालेपाटनमा मोटरसाइकल दुर्घटनामा

पोखरा, ३० असार / पोखरा महानगरपालिका ५ मालेपाटन स्थित कालिका पेट्रोलपम्प अगाडी दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् ।

पर्स्याङबाट जिरो किलोमिटर तर्फ आउदै गरेको ग १७ प ७७७७ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा मोटरसाईकल चालक र पैदल यात्री दुवै जना घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको उपचारको लागि मेट्रोसिटी अस्पताल पोखरामा उपचार भएको प्रहरीको भनाई छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले प्रष्ट पारेको छ ।

घाईते हुनेमा मोटरसाईकल चालक पोखरा महानगरपालिका २३ बाम्दी २० बर्षिय सन्तोष गौतम र पैदल यात्री जिल्ला गोरखा घर भई हाल कालिका सशस्त्र प्रहरी गण मालेपाटनमा कार्यरत ३० बर्षिय शसस्त्र प्रहरी जवान राजन बिक रहेका छन् ।

कमेन्टहरु
Loading...