नियम मिच्ने निर्माण व्यवसायी कालो सूचीमा

पोखरा, १ पुस / पोखरा महानगरपालिकाले नियम विपरीत काम गर्ने र समयमा निर्माण कार्य नसक्ने निर्माण कम्पनीलाई कारबाही गरेको छ ।

महानगरपालिकाले समयमा काम नसक्ने, नियम विपरीत काम गर्ने र मापदण्ड विपरीत नक्सा पास गराउन प्रोत्साहन गर्ने कन्सल्टेन्सी र निर्माण व्यवसायीलाई कारबाही गरेको हो ।

गत आर्थिक वर्षमा समयमा काम नसक्ने २५ निर्माण कम्पनीलाई कारबाही गरी जरिवाना समेत गरेको थियो भने सिटी कन्सल्टेन्सीलाई एक वर्षसम्म कालो सूचीमा राखी फुकुवा गरेको महानगरपालिकाले जनाएको छ ।

पोखरा महानगरपालिकाको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुमगन कार्यालय ताहचल काठमाडौंले पोखरा—१७ मा कार्यालय रहेको होराइजन बिल्डर्सलाई कालो सूचीमा राखेको छ ।

उक्त कम्पनीले २०७६ मंसिर १० गतेदेखि एक वर्ष सम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा सहभागी हुन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयको पत्रमा उल्लेख छ ।

कमेन्टहरु
Loading...