पोखरा महानगरबाट लेखनाथ हटाउन एमाले कास्कीको सुझाब

पोखरा, १६ चैत/नेकपा एमाले कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको नामबाट लेखनाथ हटाउन सुझाब दिएको छ । एमाले कास्कीको बिहीबार बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका नाम लामो भएको भन्दै लेखनाथ हटाएर पोखरा मात्रै राख्न सुझाब दिएको हो ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले स्थानिय तहको निर्वाचनका बेलामा लेखनाथ हटाएर पोखरा महानगरपालिका बनाउने बताएका थिए । स्थानिय तहको निर्वाचन सम्पन्न भएको ११ महिना वित्दा पनि लेखनाथ नहटे पछि एमाले कास्कीले बैठकबाटै निर्णय गरेर पोखरा मात्रै राख्न निर्देशन दिएको हो ।

निवाचनका बेला एमालेले पहिलो नगरसभाबाटै लेखनाथ हटाउने प्रतिबद्धता ब्यक्त गरेको थियो, तर अहिलेसम्म पनि नाम बारे कुनै छलफल नै नभएपछि शुक्रबार प्रदेश ४ का संयोजक किरण गुरुङको उपस्थितिमा बसेको बैठकले पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १९ का अध्यक्ष एवं एमाले कास्कीका सचिवालय सदस्य शोभामोहन पौडेललाई लेखनाथ हटाउने प्रस्ताव लैजान लिखित रुपमै निर्देशन दिएका हुन् ।

नाम लामो भएकाले यसलाई पोखरा महानगरपालिका मात्रै भन्दा राम्रो हुने भएकाले छोटो बनाउने हिसावले चालु नगरसभाबाटै नाम परिर्वतन गर्न उनको सुझाब छ । थापाले पोखरा उत्पती देखी कै नाम भएको र गेटर पोखराको अवधारणाले पनि पोखरामा नाम राख्नु पर्ने बताए । उनले पोखराबाटै राष्टिय तथा अन्तराष्यि रुपममा चिनिएको बताए ।

Pokhara Lekhnath Metropolitan City complete political map
Pokhara Lekhnath Metropolitan City complete political map
कमेन्टहरु
Loading...