Ganthan News Pokhara
All news from Pokhara & around

विप्लव माओवादीको बन्दका कारण महानगरमा ३० गते हुने कक्षा ८ परीक्षा स्थगित

0

पोखरा, २८ फागुन /सोमबारबाट सुरु भएको पोखरा महानगरपालिका स्तरीय कक्षा ८ को पेशा व्यवसाय र प्रविधि विषयको परीक्षा स्थगित भएको छ ।

फागुन ३० गते निर्धारित सो विषयको परीक्षा चैत ७ गते बिहीबार बिहान १०ः३० सम्मका लागि सारिएको परिक्षा शाखाले जनाएको छ ।

महानगरस्तरीय परीक्षा समितिले एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो । विशेष कारणवश परीक्षा सारिएको उक्त सूचनामा उल्लेख छ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण परीक्षा सरेको भनाई छ ।

“पूर्वघोषित नेपाल बन्दका कारणले परीक्षा सार्ने निर्णय भएको हो”, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले भने । महानगर अन्तर्गतका विभिन्न विद्यालयहरुको चासो र सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको आचार्यले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु