पोखरा महानगरको कोषमा ३ करोड ८२ लाख

पोखरा, ५ वैशाख/ पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । शुक्रबार लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष धनिराम बराल लगायतको टोलीले ५१ हजार १ सय ५ रुपैंयाको चेक प्रमुख जिसीलाई हस्तान्तरण गरेका हुन् । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार ५ सय सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीसहितको टोलीले पोखरा महानगर प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरेका छन् । यसैगरी पाल्पाली बहुउद्देश्यीय सहकारीका अध्यक्ष कुलप्रसाद घिमिरेले २० हजारको चेक प्रमुख जिसीलाई हस्तान्तरण गरेका छन् । जिसी इलेक्ट्रिकका प्रेमबहादुर जिसीले २५ हजार ५ सय ५ सहयोग गरेका छन् ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीले एक लाख सहयोग गरेको छ । कृषि बजार व्यवस्थापन समिति पोखराले ५५ हजार, राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी संघ कास्कीले ५१ हजार सहयोग गरेका छन् । कास्कीमा रहेका चार्टड एकान्टेन्टहरुको पहलमा नेपाल चार्टड एकाउन्टेन्ट संघले ६० थान बुट र सय थान सर्जिकल ग्लोप्स महानगरलाई दिएको छ । संघ का केन्द्रीय सदस्य अनील लामिछाने र चार्टड एकाउन्टेन्ट विवेक श्रेष्ठले महानगर प्रमुख जिसीलाई उक्त सामग्री हस्तान्रतण गरेका हुन् ।

यसैगरी बुद्ध बचत तथा ऋण सहकारी संस्था २५ हजार, सञ्चार बचत तथा ऋण सहकारी संस्था २० हजार, सिर्जना महिला बचत तथा ऋण सहकारी १० हजार, फलौरा बहुउद्देश्यीय सहकारी १० हजार र पोखरा ४ का शुरेशचन्द्र कोइरालाले १० हजार सहयोग गरेका छन् । महानगरको कोषमा शुक्रबार सम्म ३ करोड ८२ लाख १८ हजार ५ सय १ रुपैंया जम्मा भएको छ । पोखरा महानगरपालिकाले २ करोड राखेर राहत कोष स्थापना गरेको हो भने कोषमा महानगरका सम्पूर्ण कर्मचारीको ४८ लाख ५० हजार, प्रदेश सरकारको एक करोड र विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका छन् ।

यसैगरी असल छिमेकी संघले वडा नम्बर १ र २५ मा एक/एक सय प्याकेज खाद्यान्न, राष्ट्रिय युवा सञ्जालले वडा नम्बर ३२ को समन्वयमा ५० पोका राहत वितरण गरिएको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

कमेन्टहरु
Loading...