महानगरलाई प्रभु बैंकद्धारा २ लाखको खाद्यान्न र सांसद थापाद्धारा ५० हजार सहयोग

पोखरा, ९ वैशाख / पोखरा महानगरपालिकालाई प्रभु बैंक लिमिटेडले खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले दुई लाख मुल्य बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको हो । बैंकका क्षेत्रीय प्रवन्धक शान्ति शेरचनले पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई सामग्री हस्तान्तरण गरिन् ।

सामग्री बुझदै पोखरा महानगरका उपप्रमुख गुरुङले कोरोना भाइरसको संक्रमणमा सामाजिक उत्तरदायित्व अन्र्तगत प्रभु बैंकले गरेको सहयोग पं्रससनीय रहेको बताइन् । देश संकटमा परेका बेला सवैको सहयोग र साथले मात्रै सफलता प्राप्त गर्न सकिने बताइन् । यस्तै पोखरा महागनरले स्थापना गरेको महानगर विपद् व्यवस्थापन कोर्षमा पेमा छाल शाक्य मोनास्टिक इन्टिच्यूटले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई लामागुरु टासी आङगेलले उक्त रकम हस्तान्तरण गरे । कोरोना भाइरसले आक्रान्त परेका समयमा जिविकोपार्जन गर्न कठिन गरिव तथा निमुखा वर्गका दाजुभाई तथा दिदिबहिनीहरुलाई एकद्धार प्रणालीबाट राहत वितरण होस भन्ने उद्देश्यले महानगरलाई रकम हस्तान्तरण गरेको लामा गुरु टाँसीले बताए ।

यस्तै गण्डकी प्रदेश सांसद एवं नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पोखरा महानगरको राहत कोर्षमा ५० हजार ५ सय ५ रुपैयाँ सहयोग प्रदान गरेका छन् । उनले पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरे ।

थापाले कोरोना भाइरसको संक्रमणमा समस्यमा परेकाहरुलाई राहत प्रदान गर्न आफुले ब्यक्तिगत रुपमा थोरै भएपनि सहयोग गरेको बताए । कोरोना भाइरसको रोकथाम तथा निण्न्त्रण गर्न सरकारले देशभर लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चुल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण गदै आएको छ ।

महानगरले ४ जना वा सो भन्दा बढी संख्या भएको परिवारलाई फुल प्याकेज र ३ जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराएको छ । पोखरा महानगरपालिकाले एकद्धार प्रणालीबाट व्यवस्थित रुपमा राहत वितरणको व्यवस्था मिलाएकाले सहयोग गर्न इच्छुक महानुभावलाई महानगरको विपद् व्यवस्थापन कोष, राष्ट्रिय वाणिज्य बैकको खाता नं. ३०२०३०५०४९४०६ मा सहयोग रकम जम्मा गर्न महानगरले आग्रह गरेको छ भने आफूखुसी राहत वितरण नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...