पोखरामा चिडियाखाना निर्माणका लागि १० लाख हस्तान्तरण, बन्यजन्तुको संरक्षणमा ठूलो भुमिका खेल्ने

पोखरा ७ बैशाख /युनाइटेड क्लवले पोखरामा निर्माणाधिन प्रस्तावित पोखरा अन्तराष्ट्रिय चिडियाखानाको लागी १० लाख २५ हजार रुपैया प्रदान गरेको छ । शिक्षा, स्वास्थ्य खेलकुद र पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती संरक्षण र विभिन्न सामाजिक क्रियाकलापमा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवले चिडियाखाना निर्माणका लागी सातौ पोखरा महोत्सवबाट १० लाख २५ हजार २ सय ३० रुपैया छुट्याएको थियो ।

क्लवले आफ्नो सातौ वार्षिकोत्सवको अवसरमा प्रस्तावित चिडियाखाना निर्माणका लागी सातौ पोखरा महोत्सवबाट बचेको रकम मध्ये २० प्रतिशतबाट आउने रकम १० लाख २५ हजार २ सय ३० रुपैया चिडियाखाना निर्माणका लागी प्रदान गरेको हो । यो रकम संगै हाल सम्म युनाइटेड क्लवले पोखरामा चिडियाखाना निर्माणका लागी ३५ लाख ८५ हजार २ सय ३० रुपैया प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीलाईृ प्रदान गरिसकेको छ ।

बिहीबार आयोजित सातौ वार्षिकोत्सव कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङ तथा क्लवका पदाधिकारीले प्रस्तावित पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका अध्यक्ष तथा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल र समितीका पदाधिकारीलाई १० लाख २५ हजार २ सय ३० रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।

युनाइटेड क्लवको पहल तथा पोखरा लेखनाथ ३१ र ३० मा पर्ने पचभैया, चैनपुर र चायापानी चिसाकुना सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जंगलमा चिडियाखाना निर्माणको काम शुरु भएको छ । चिडियाखानाको पहिलो चरणमा पचभैया सामुदायिक बनको रातमाटे डांडामा बन्यजन्तु उद्धार केन्द्र स्थापना गरिएको छ । हालै निर्माण सम्पन्न बन्यजन्तु उद्धार केन्द्रमा विभिन्न ठाउबाट उद्धार गरिएका गिद्ध, रतुवा मृग, निल गाइ, हुचिल, गोब्रे लाटोकोसेरो, अजिंगर, बनबिरालो लगायतका बन्यजन्तुहरु राखिएका छन ।

उद्धार गरिएका विभिन्न बन्यजन्तु राखिएको उद्धार केन्द्रको जिम्मा पचभैया सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष मोहन बहादुर घिमिरेलाई प्रदान गर्दै बिहीबार नै चाबी हस्तान्तरण गरिएको छ । बिहीबारनै एक महिना अगाडी लेखनाथबाट उद्धार गरिएको हिमाली गिद्धलाई बनमा लगी छोडिएको छ । लेखनाथमा सिनो खाने क्रममा मानिसको आक्रमणबाट घाइते भएको गिद्धलाई उद्धार केन्द्रमा राखी उपचार पश्चात १ महिना पछि बनमा लगी छोडिएको हो ।

यस्तो बन्दै छ पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना, वैशाख ७ गते सिलान्यास हुने
यस्तो बन्दै छ पोखरामा अन्तराष्ट्रिय स्तरको चिडियाखाना, वैशाख ७ गते सिलान्यास हुने

वार्षिकोत्सवको अवसरमा वोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले समृद्ध पोखरा निर्माणका लागी युनाइटेड क्लवले जस्तै अन्य संघ सस्थाहरुले पनि काम गर्नुपर्नेमा जोड दिए । स्थापनाको छोटो समयमा युनाइटेड क्लवले सामाजिक काम संगै पोखरामा नया पर्यटकीय गन्तब्य निर्माणको पहिलो चरण पार गर्दै बन्यजन्तु उद्धार केन्द्र स्थापना गर्नु आफैमा श्रहानिय काम रहेको वताउदै निजी स्तरबाट सञ्चालित यस्ता कामलाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा वोल्दै पचभैया सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष मोहन बहादुर घिमिरेले पचभैया सामुदायिक बनले देखेको सपना युनाइटेड क्लवको सहयोगमा साकार हुनेमा आफु ढुक्क रहेको वताउदै आफुलाई प्रदान गरेको उद्धार केन्द्रको जिम्मेवारीले हौसला बढेको वताए ।

आगामी दिनमा पर्यटन प्रवद्र्धनका लागी र सामाजिक काममा अग्रसर युनाइटेड क्लवको अभियानमा सहकार्य गरेर अगाडी वढ्ने समेत घिमिरेले प्रतिवद्धता जनाए । गिद्ध संरक्षण कर्मी कृष्णमणी बरालले पोखरा लेखनाथ महानगरपालिका मुलुककै ठूलो शहर भइरहदा यहा दिनानुदिन घाइते बन्यजन्तुहरु भेटिइरहने र त्यसको उपचारको लागी उपचार केन्द्रको अभाव भइरहना युनाइटेड क्लवको पहलमा निर्माण सम्पन्न भएको उद्धार केन्द्रले बन्यजन्तुको उपचार र उद्धारमा सहयोग पुग्ने वताए ।

सो अवसरमा वोल्दै प्रस्तावित अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितीका अध्यक्ष तथा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवले चालेको अभियानमा लेखनाथ पचभैया सामुदायिक बन उपभोक्ता समितीहरुको साथ र सहयोगले नै चिडियाखाना निर्माणको थालनी भएको र आगामी दिनमा सहकार्य गरेर चिडियाखाना निर्माणका लागी सरोकारवाला निकायको ध्यानाकर्षण गर्न लागी पर्ने वताए ।

युनाइटेड क्लवका अध्यक्ष सुक वहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङ, कोषाध्यक्ष गणेश तिमिल्सिना, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, बेगनास रुपाताल संरक्षण ब्यवस्थापन समितीका अध्यक्ष दिनानाथ ढकाल, प्रस्तावित चिडियाखाना निर्माण समितीका कोषाध्यक्ष तथा पर्यटन ब्यवशायी दामोदर भक्त थापा, पचभैया प्रगतीशील युवा क्लवका अध्यक्ष शरण थापा लगायतले वोलेका थिएभने कार्यक्रम सञ्चालन युनाइटेड क्लवका महासचिव राजु श्रेष्ठले सञ्चालन गरेका थिएभने क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापाले धन्यवाद ज्ञापन ब्यक्त गरेका थिए ।  सो अवसरमा साताब्यापी कार्यक्रम अन्तर्गत निर्माण गरिएका विभिन्न कार्यक्रमका संयोजक हरुलाई सम्मान गरिएको थियोभने आजिवन सदस्यहरुलाई समेत सदस्यता पत्र प्रदान गरिएको थियो ।

कमेन्टहरु
Loading...