पोखरामा दुई महिलासहित छ जुवाडे पक्राउ

पोखरा, १८ असार / कास्की प्रहरीले पोखरामा दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पक्राउ पर्नेमा घरधनी ३६ वर्षीया रिमा गुरुङ, ४१ वर्षीया मुना गुरुङ, छोरेपाटन बस्ने ३१ वर्षीय लीलाधर सुवेदी, ३० वर्षीय राजमान गुरुङ, ३८ वर्षीय डिलप्रसाद गुरुङ र पोखरा–१६ का दीप बस्नेत र ४८ वर्षीय खेम गुरुङ छन् ।

प्रहरीले जुवाखालबाट ४७ हजार १ सय र तास बरामद गरेको हमालले जानकारी दिए ।

कमेन्टहरु
Loading...