पोखराका ३ सय ५० स्थानमा सोलार बत्ती जडान गर्ने

पोखरा, १८ असोज / पोखरा महानगरले सहर उज्यालो कार्यक्रम अन्तर्गत पोखराका विभिन्न स्थानमा सोलार बत्ती जडान शुरु गरेको छ ।

असोज महिना अघि नै पोखराको विभिन्न स्थानमा ३ सय ५० थान सोलार जडान गर्ने कार्य सम्पन्न गर्ने गरि काम अगाडि बढाइएको

महानगरले जनाएको । केहि स्थानमा ८० प्रतिशत महानगर तथा २० प्रतिशत जनसहभागिता समाबेश गरि सोलार जडान गरिएको छ भने

मुख्य स्थानमा महानगरको लागतमा सोलार जडान गरिएको महानगरका इन्जिनियर धुर्व भट्टराईले जानकारी दिए । पोखरा महानगरमा

माग बमोजिमको सोलार बत्ती उपलब्ध गराउन नसकिए पनि अघिल्लो बर्ष टेन्डर गरि ल्याइएको सोलार जडानले निरन्तरता दिएको उनको

भनाई छ । महानगरले अब सोलारको साथै नेपाल विद्युत प्राधिकरणको सहकार्यमा स्मार्ट सडक बत्तिलाई जोड दिने अगाडि बढ्ने उनको

भनाई छ ।  पोखरा महानगरमा यस अघि नै तिब्बत सरकारको सहयोगमा १ हजार थान सोलार बत्ती तथा महानगर र स्थानिय

सहभागितामा ८ सय थान सोलार बत्ती जडान गरिसकिएको छ । महानगरले उज्यालो पोखरा कार्यक्रम अन्तर्गत यस बर्ष पनि बजेट

बिनियोजन गरेको र यस बर्ष मर्मतको कामलाई समेत प्राथमिकतामा राखी काम अगाडि बढाएको महानगरप्रमुखका स्वकिय सचिव

लक्ष्मण तिमिल्सिनाले बताएका छ्न । महानगरले पोखराको फराकिलो सडक जिरिकिमी बिन्ध्यवासिनी क्षेत्रमा पनि सोलार बत्ती

जडानको काम अगाडी बढाएको छ ।

कमेन्टहरु
Loading...