पोखरा व्यस्त ६ चोकमा आकाशे पुल

पोखरा, ९ वैशाख /बढ्दो सवारी र जनघनत्व बढ्दै जाँद पोखरा सहरभित्र आकाशे पुल वा भूमिगत मार्ग बनाउने विकल्पमा महानगरपालिका पुगेको छ । जनघनत्व र सवारी चापका कारण बाटो वारपार गर्न मुस्किल हुन थालेपछि महानगरले सहरभित्रका विभिन्न ६ ठाउँमा आकाशे पुल वा सबवेको विकल्प तयार पारेको हो ।

पोखरा लेखनाथ महानगरपालिकाले आकाशे पुल वा सबवे बनाउने भरेर छानेका ती ६ वटा ठाउँ बजारकै सबैभन्दा बढी व्यस्त चोक हुन् । पोखरा लेखनाथ महानगरपालिकाका मयेर मानबहादुर जिसीले आकाशे पुल वा सबवे बनाउनेबारे अध्ययन गरिने बताए । पोखराका सडक साँघुरो भएको र सवारी चाप बढ्दै जाँदा सडक वारपार गर्नसमेत मुस्किल हुन थालेपछि आकाशे पुल वा सबवेबारे विकल्प सोचेको बताए ।

उनले महानगरको कार्यपालिका बैठकले पोखराका विभिन्न ठाउँमा आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्नेबारे निर्णय गरेको बताए । जिसीका अनुसार पोखराको बुद्धचोक, पृथ्वीचोक, सभागृहचोक, सृर्जनाचोक, चिप्लेढुंगा र महेन्द्रपुलमा आकाशे पुल बनाउने योजना महानगरले बताएको छ ।

तर कसरी बनाउने भन्नेबारे अहिले नै निर्णय भइसकेको छैन । उनले पोखराको आकाशे पुल निर्माण गर्न फराकीले ठाउँ चाहिने बताए । तर पोखरा यी ६ चोक मानै साघुरा छन् । त्यसैले भूमिगत रुपमा सुरुङ बनाउन सकिने बताए । अध्ययनले जे सहज हुन्छ त्यही गर्ने छौ ।

कमेन्टहरु
Loading...