पोखरामा पनि सलहको प्रबेश

पोखरा, १४ असार / पोखरा पनि सलह किरा देखिएको छ ।

पोखरा–१७ महतगौंडा, पोखरा महानगरपालिका ३ नदिपुर लगाएतका ठाउँमा सलह किरा देखिएको पोखरा महानगरका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

उनले पोखरामा ठूलो संख्यामा भने देखिएको बताए । उनले पोखराको महतगौंडामा केही स्थानामा देखिए पछि स्थानीयले जानकारी दिए ।

बालीमा क्षति पुग्ने गरेर सलह देखिएको जानकारी अहिलेसम्म कतैबाट नआएको उनले बताए । सलह किरा यस अगाडी करिब ६० बर्ष पहिले पनि आएको थियो ।

त्यस बेला सलह आएपछि आएको एक नयाँ झारलाई सलह झार पनि भन्ने गरीन्छ ।

कमेन्टहरु
Loading...