सराङकोट जादाँ दुर्घटना सम्भावीत स्थानको बाटोमा ‘रोड सेफ्टी मिरर’

पोखरा, १० वैशाख/पोखराबाट सराङकोट जानेबाटोमा सम्भावीत अत्याधिक दुर्घटना हुने स्थामा पोखरा लेखनाथ महानगरपालिका वडा न १८ सराङकोटमा घुम्ति बाटोमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखेको छ । दुर्घटना न्यूनीकरणको लागि महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ‘रोड सेफ्टी कन्भेक्स मिरर’ राखिएको हो ।

पोखराबाट सराङ्गकोट जाने ७ किलिमिटरको बाटोमा विभिन्न पाँच स्थानमा सेफ्टी मिरर राखिएको महानगर प्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । अन्य वडाहरुका अप्ठ्यारा सडक तथा घुम्तिहरुमा समेत वडा समिति संगको समन्वयमा ट्राफिक सचेतनाका सामग्री ब्यवस्थापन गरिने तिमिल्सिनाले बताए ।

त्यस्तै सराङ्गकोटको अन्य ठाउँहरुमा पनि ट्राफिक सचेतना चिन्ह राखिने वडा नं १८ का अध्यक्ष रणबहादुर थापाले बताए । पोखराबाट सराङकोट जाने बाटो साँघुरो र धेरै घुम्तिहरु भएकाले दुर्घटना न्यूनीकरणका लागि मिरर उपयुक्त हुने ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख एन कुमार मल्लले बताए ।

ट्राफिक ब्यवस्थापनको लागि महानगरले यस भन्दा अगाडि ट्राफिक कोन ब्यवस्थापन गरेर लेन अनुशासन कायम गराउन पहल गरेको थियो । त्यस्तै ट्राफिक सचेतनाको संकेत वडा न ३ र ४ मा यसभन्दा अगाडि नै राखी सकिएको महानगरले जनाएको छ ।

कमेन्टहरु
Loading...