पोखरामा फ्लाई ओभर योजना

पोखरा, २२ पुस /पोखरालाई व्यवस्थित बनाउन र ट्राफिकलाई व्यवस्त बनाउन फेलाई ओभरको योजना अगाडी सारिदैँछ । साँघुरा र पुरानै संरचनाका सडकले यातायात व्यवस्थापन चुनौती बन्दै गएपछि पोखरा उपमहानगरपालिकाले फ्लाई ओभरको योजना अगाडी बढाउन लागेको आजको समाधान राष्टिय दैनिकमा अमृत सुबेदीले समाचार लेखेको छन् ।

यसै महिनाको अन्त्यतिर हुने पोखरा नगर परिषदबाट अमरसिंहचोक देखि सृजनाचोकसम्म फ्लाई ओभर निर्माणको सम्भाव्यता अध्ययन गर्न झन्डै ४० लाख रुपैया बजेट छुट्याउने तयारी भइरहेको योजना महाशाखा प्रमुख तथा बरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले जानकारी दिए । उनले अहिलेसम्मको विभिन्न छलफलबाट पोखरामा फ्लाई ओभर निर्माण गर्न परिषदमा प्रस्ताब गरि पास गर्ने तयारीमा नगरपालिका रहेको बताए ।

पोखरामा फ्लाई ओभर योजना स्केच कान्तिपुर दैनिकबाट

उनले यसले पोखराको विकास र ट्राफिक व्यवस्थापन ठुलो अर्थ राख्ने बताए । उनले फ्लाई ओभरका लागि वडास्तरीय हुँदै कास्कीका सांसदसम्मको छलफलले निर्माणमा जोड दिएका छन् । पहिलो चरणमा विज्ञ टोलीले सइको सम्भाव्यता अध्ययन गरि कस्तो, कसरी र कतिसम्मको बनाउन सकिन्छ भन्ने प्रतिबेदन पेस गर्ने र दोस्रो चरणमा फ्लाई ओभर निर्माणको प्रक्रिया सुरु गर्ने उनले बताए ।

कमेन्टहरु
Loading...