पोखरामा मृत्यु पार्क

पोखरा, १८ चैत /जीवनको एक मात्र सत्य भनेको एक न एक दिन मृत्यु हो भन्ने बोध गराउने उद्देश्यले पोखरामा मृत्युपार्क निर्माण गरेको छ । ओशो उपवन पोखरामा नवनिर्मित डेथ पार्कको वोधिसत्व स्वामी आनन्द अरुणद्धारा शनिबार उद्घाटन गरे ।

मृत्यु अकाट्य सत्य भन्नेबारे आगरण अभियानको रुपमा सो पार्क बनाएको उनले बताए । उनले मृत्युसँग साधारण मानिसहरु तर्सिन्छन् डराउँछन् तर मृत्युको सत्यसँग परिचित सन्यासीहरु यसलाई उत्सवका रुपमा मनाउँछन् भन्दै मृत्युलाई अंगीकार गर्ने आदत विकासका लागि आग्रह गरे ।

को कतिबेला मृत्युको मुखमा पुग्छ कसैलाई थाहा छैन । हरेक क्षण मृत्युसँग नजिक हुँदै गइरहेको मनन गरी त्यलाई सहज र स्वाभाविक रुपले स्वीकार गर्ने हो भने योसँग डराउनु पर्दैन । मृत्युपार्क विश्वकै पहिलो भएको दावी छ ।

कमेन्टहरु
Loading...