सुरक्षित शहरको सचेतना फैलाउन पोखरामा साइकल ¥याली

पोखरा, १४ जेठ /महिला तथा किशोरी माथी सार्वजानिक स्थलमा हुने दुब्र्यवार अन्त्य गर्दै सुरक्षित सहर बारे सचेतना फैलाउन पोखरामा साइकल ¥यली सम्पन्न भएको छ । मे २० देखी मे २६ सम्म बिश्वब्यापी रुपमा चलिरहेको सुरक्षित सहर अभियानको अवसरका ¥यलीको आयोजना गरिएको हो । सिद्धार्थ क्लब पोखरा र बाल तथा महिला ससक्तिकरण नेपाल सयुंक्त आयोजना तथा एक्टिभिष्टा कास्कीको सहकार्यमा भएको ¥यलीमा ४० जना साइकल यात्रीले सहभागिता जनाउने छन् ।

सुरक्षित शहरको सचेतना फैलाउन पोखरामा साइकल ¥याली
सुरक्षित शहरको सचेतना फैलाउन पोखरामा साइकल ¥याली

कार्यक्रमको उदघाटन सिद्धार्थ क्बलका अध्यक्ष अनिल श्रेष्ठ तथा बाल तथा महिला शसक्तिकरण समाज नेपालका अध्यक्ष सीता भट्टराईले संयुक्त रुपमा पहिलो साइकाल यत्रीलाई साइकल हस्तान्तरण गरेर गरिएको थियो । कार्यक्रममा सुरक्षित शहर सम्बन्धि बिभिन्न सचेतनाआत्मक नारा सहित माइकिङ्ग, पर्चा पोष्टर जस्ता सचेतनाआत्मक सामग्री पनी बितरण गरिएको थियो । कार्यक्रममा सहयोगीलाई धन्यवाद दिदै सिद्धार्थ क्लबका अध्यक्ष अनिल श्रेष्ठ सार्वजानिक यतायत, मन्दिर, पार्क, पतिक्षलय जस्तामा सार्वजानिक ठाउँमा महिला माथी हुने दुरव्याहार कम गर्दै महिलामैत्री सुरक्षित शहर निमार्णका लागी ¥यलीको आयोजना गरिएको बताए ।

पछिल्लो समयमा पोखरामा किशोरी तथा महिला हिशां तथा दुब्र्यवाहारका घटना बृद्धिलाई मध्य नजर गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
साईकल ¥यली हल्लनचोकबाट सूरुवात भएर सभागृह चोक, न्युरोड, बि पी चोक, भिमशेन चोक, रानीपौवा, हस्पिटल चोक, अम्मरसिंह चोक, बुद्धचोक, पृथिबिचोक, सृजनाचोक, राष्ट्र बैंक चोक, रही चोक, बाराही चोक हुदै पुन हल्लनचोकमा आएर समापन भएको हो । दिनको २ बजे सुरु भएको ¥यली कार्यक्रमको सञ्चालन सिद्धार्थ क्बलका कार्यक्रम सयोंजक बलराम तिमिल्सिनाले गरेका थिए ।

कमेन्टहरु
Loading...