पोखराका कोरोना पुष्टि भएका ४५ वर्षे पुरुष पोखरा १४ का

पोखरा, ९ असार/ पोखरामा सोमबार साँझ कोरोना पुष्टि भएका ४५ वर्षे पुरुष पोखरा वडा नम्बर १४ का रहेको खुलेको छ । उनी पोखराका ९० बर्षे संक्रमितको सम्पर्कका पुरुषमा कोरोना पुष्टि भएको पोखरा महानगरपालिकाले जनाएको छ ।

पोखराका ९० वर्षे संक्रमितको कन्ट्याक ट्रेसिङमा परेपछि होम क्वारेन्टाइनमा रहेका उनका आफन्तमा कोरोना पुष्टि भएको पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्माले जानकारी दिए ।

पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा ९० बर्षिय वृद्धलाई कोरोना पुष्टि भएको थियो । यस अगाडी ९० वर्षे वृद्धकाको सम्र्पकमा आएका ४० वर्षे पुरुषमा कोरोना पुष्टि भएको थियो ।

स्याङ्जाको वालिङ स्थायी घर भइ पोखरा–१४ बस्ने वृद्धमा असार ३ गते अस्पतालमा कोरोना पुष्टि भएको थियो ।

कमेन्टहरु
Loading...