पोखराको न्यूरोडका दुई पसलमा चोरी

पोखरा १६ भदौ/पोखराको मुख्य बजार न्यूरोड स्थित दुई पसलमा बिहीबार चोरी भएको छ । न्यूरोड स्थित चेरिष्मा इम्पोरियम र वाईन किङ्गमा चोरी बिहीबार बिहान पख चोरी भएको व्यवसायीले बताएका छन् ।

वाईन किङ्गबाट करिब दुई लाख रुपैया चोरी भएको सञ्चालकले बताएका छन् । त्यस पछि न्युरोडमा नै रहेको चेरिष्मा ईम्पोरियमबाट करिब २० हजार रुपैया चोरी भएको सञ्चालक सीता बरालले जानकारी दिइन् ।

दुबै पसल चोरीमा एकै समुहको संलग्नता रहेको प्रहरीले जानकारी दिएको छ । दुबै पसलमा रहेका सिसिटिभी फुटेज र चोरीको प्रकृतिको आधारमा चोरीमा एकै समुहको संलग्नता खुलेको देखिएको हो ।

कास्की प्रहरीले चोरीमा संलग्नहरुको खोजीकार्य जारी रहेको बताएको छ । चाडपर्व सुरु भएसँगै पोखरामा चोरीका घटना बढ्न थालेका छन् ।

कमेन्टहरु
Loading...