पोखरामा कार्यालय फोरेर करिब ४ लाखको चोरी

पोखरा, १ चैत /पोखरा ९ संगम मार्गमा गएराती चोरी भएको छ । पोखरा लेखानाथ महानगरपालिका वडा ९ संगम मार्गमा रहेको ठाकुर गुरुङको घरमा रहेका कार्यालयहरु फोडेर चोरी गरेको हो ।

घरको दोस्रो तल्लामा रहेको मिन गुरुङले सञ्चालन गरेको अमिनि ईन्भेष्टमेन्ट प्रालिको ढोकाहरु फोडी नगद १६ हजार, एक थान ल्यापटप, ३ थान मोबाईल र २ थान घडी चोरी भएको प्रहरीले जनाएको छ ।

त्यसै गरि दोस्रो तल्लामा रहेको भोग बहादुर गुरुङले सञ्चालन गरेको एसियन ईन्भेष्टमेन्ट प्रालिको सबै ढोकाहरु फोडी नगद ३ हजार र १ थान खुकुरी गरी करिब ४ लाख बराबरको चोरी भएको प्रहरीले जनाएको छ ।

तल्लामा किशान गुरुङले सञ्चालन गरेको सिटिआरडिसिको कार्यालय फोडेको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरुको कास्की प्रहरीले खोजिकार्य जारी राखेको जनाएको छ ।

कमेन्टहरु
Loading...