पोखरामा घरको ढोका फोडेर ४ लाख चोरी

पोखरा, २२ चैत/पोखरा लेखनाथ महानरपालिका ७ ईन्द्रपुरी चोकमा चोरी भएको छ । घरमा कोही नभएको बेला पारी इन्द्रपुरी चोकका कृष्ण प्रसाद आचार्यको घरबाट करिब ४ लाखको चोरी गरेको प्रहरीले जानकारी दिएको छ ।

दिऊसो घरमा कोही नभएको बेलामा घरको मेन च्यानल गेटमा लगाएको ताल्चा फोडी कोठामा रहेको दराज समेत फोडि सुन र पैसा चोरी गरेको हो ।

सुनको हार ढेड तोला, सुनको तिलहरी १ तोला, सुनको औँठी १ तोला, सुनको मंगलसुत्र १ तोला, सुनको झुमका जोडी १ तोला, ल्याबटप थान १ र ४० हजार रुपैया चोरी भएको प्रहरीले जानकारी दिएको । प्रहरीले चोरीमा संलग्नहरुको खोजिकार्य जारी राखेको जनाएको छ ।

कमेन्टहरु
Loading...