पोखरामा वन डढेलो नियन्त्रण सम्बन्धी सप्ताहब्यापी कार्यक्रम

पोखरा, ७ चैत्र/हरेक वर्ष चैत्रको पहिलो हप्ता मनाइदै आएको वन डढेलो नियन्त्रण सम्बन्धी सप्ताहब्यापी सचेतना अभिबृद्धि कार्यक्रम कास्कीमा विभिन्न कार्यक्रम गरिएको छ । जिल्ला वन कार्यालय कास्कीको आयोजनामा चैत्र १ देखि ७ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरी सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न गरिएको कास्कीका जिल्ला बन अधिकृत केदार बरालले जानकारी दिए ।

जिल्ला वन कार्यालयले जिल्ला दैवी प्रकोप उद्धार समिती कास्कीले बैठक आयोजना गरी सम्पूर्ण सरोकारवालाहरुको सहयोग र समन्वयमा वन डढेलो नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने उद्देश्यले जिल्ला वन अधिकृत बरालले समितीलाई ६ सेट बन डढेलो नियन्त्रण औजार प्रदान गरेका थिए ।

साता भरीमा जिल्लाका विभिन्न ८ स्थानमा सचेतना गोष्ठी र ¥याली, ८ वटा सामुदायिक वनमा वन डढेलो नियन्त्रणका अभ्यास, ५ वटा विद्यालयका विद्यार्थीहरुलाइ वन डढेलो नियन्त्रण र प्राकृतिक श्रोत संरक्षण सम्वन्धि शिक्षण, लगायतका कार्यक्रमहरु सञ्चालन गरिएका थिए । उक्त अवसरमा मंगलबार रुपा गाउपालिका वडा नं. ६ र पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ का विभिन्न सामुदायिक वन उपभोक्ता समुहहरु, आमा समूहहरु, नेपाल प्रहरी, विभिन्न संघ संस्थाहरु र स्थानीय भद्र भलाद्मीहरु समेत सम्मिलित सचेतना ¥याली र डढेलो विरुद्धको माङकिङ कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।

कार्यक्रममा जिल्ला वन अधिकृत केदार वरालले डढेलोले वन तथा जैविक विविधितामा विनास गर्ने, सुख्खापन वढाउनुका साथै जलवायु परिवर्तनमा समेत नकारात्मक असर पार्ने भएकाले यो वनको सवैभन्दा ठुलो शत्रु भएको र यसका विरुद्ध एक जुट हुनका लागि आब्ह्वान गरेका थिए ।

शिसुवा इलाका वन कार्यालयका सहायक वन अधिकृत कमल लम्सालले डढेलो संगै अवैध कटानी र वन्यजन्तुको अवैध शिकार गर्ने कार्यहरु पनि गैर कानुनी भएकाले सो को रोकथाम गर्नु पर्ने विचार राखेका थिए । कार्यक्रममा सहायक वन अधिकृत शालिकराम पराजुली, किराको खोर सामुदायिक वन रुपा ६ का उपाध्यक्ष रामचन्द्र शापकोटा, लामपाटा सामुदायिक वनका रुपा ६ का अध्यक्ष सिता अधिकारी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

कमेन्टहरु
Loading...