पोखरामा अविरल पानी, ठाउँ ठाउँमा डुवान

पोखरा, १ असोज /पोखरामा चार घण्टा देखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा डुवान भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएका जानकारी अनुसार पोखरा १७ छोरेपाटन, विरौटा, पोखराको चाऊथे लगाएका ठाउँमा रहेका घर भित्र बाढि परेको जानकारी दिएको छ ।

पोखरामा साझँ ६ बजे देखि परेको पानी राती १० बजे सम्म पनि परेका कारण ठुलो भलहुदा घर भित्र पसेको प्रहरीले जानकारी दिएको छ । भल पसे पछि क्षेती भने नभएको प्रहरीले बताएको छ ।

कमेन्टहरु
Loading...