पोखरामा शान्तिपुर्ण मतदान हुर्दै, ७० प्रतिशत मत खस्यो

सागर राज तिमिल्सिना
पोखरा ३१ बैशाख /पोखरामा शान्तिपुर्ण ढंगले मतदान भईरहेको छ । दिउसो ४ बजे सम्म कास्कीमा ७० प्रतिशत मतदान भईसेकेको पश्चिमाञ्चल क्षेत्रिय निर्वाचन कार्यालय कास्कीका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए । उनले पोखरा र गाउँपालिकाहरु गरि ७० प्रतिशत मत खसेको जानकारी दिए । उनले मतदान शान्तिपुर्ण रुपमा सञ्चालन भइरहेको जानकारी दिए ।

कास्कीमा एक सय ५० वटा मतदान स्थलमध्ये दुई सय ८८ मतदान केन्द्र कायम छन् । सबैभन्दा बढी पोखरा महानगरपालिकामा ९८ वटा मतदान स्थलमध्ये २ सय १० मतदान केन्द्र छन् । यस्तै, अन्नपूर्णमा १५ स्थलमध्ये २१ मतदान केन्द्र, माछापुच्छे«मा १२ स्थलमा २१ केन्द्र, मादीमा १७ स्थलमा २१ केन्द्र र रुपामा ८ स्थलमध्ये १५ मतदान केन्द्र कायम छन् ।

जसअनुसार पोखरा महानगरपालिकामा एक हजार दुई सय ५८, मादीमा एक सय २३, अन्नपूर्णमा एक सय २६, माछापुच्छे«मा एक सय २६ र रुपा गाउँपालिकामा ९० कर्मचारी खटिएका हुन् । जिल्लाका पाँच तहमा कुल ७२ वटा वडाबाट तीन सय ७० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । पछि दलित र अल्पसंख्यक गरी ११ जना मनोनीत भई प्रतिनिधि कुल सख्या तीन सय ८१ पुग्नेछ ।

महानगरमा १ प्रमुख, १ उपप्रमुख, ४ गाउँपालिकामा ४ अध्यक्ष र ४ उपाध्यक्ष, महानगर र गाउँपालिकामा ७२ वडाध्यक्ष, १ सय ४४ वडा सदस्य, ७२ महिला सदस्य र ७२ दलित महिला सदस्य निर्वाचित हुनेछन् । पोखरा लेखनाथ महानगरपालिकामा एक सय ७० जना, मादीमा ६४, अन्नपूर्णमा ५९, माछापुच्छ्र«ेमा ४९ र रुपा गाउँपालिकामा ३९ जना जनप्रतिनिधि निर्वाचत हुनेछन् । जिल्लामा मतदाताको संख्या दुई लाख २४ हजार आठ सय ११ छ ।

कमेन्टहरु
Loading...