पोखरामा लकडाउन ३५ सय व्यक्तीलाई सम्झाइ बुझाई, पासको दुरुपयोग गर्ने गाडी कार्वाहीमा

पोखरा, २६ चैत /कास्की प्रहरीले लकडाउन पोखरामा २ हजार ४ सय सवारी साधनलाई कार्वाही गरेको छ । २ हजार ३ सय ५६ मोटरसाइकल र २४ गाडि कारबाहीमा परेका कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । लकडाउनलाई अटेर गरि हिडेका ३ हजार ५ सय ७७ सर्वसाधारण सचेतनामूलक जानकारी दिएर छोडिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट मलामी जाने निहुँ पारि पास लिएर मान्छे ओसारपसार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेर कार्वाही गरेको उनले बताए । पक्राउ पर्नेमा स्याङ्जा भिरकोट नगरपालिका वडा नम्बर ६ निवासी लिलाप्रसाद पङ्गेनी र स्याङ्जाकै अर्जुन चौपारी गाउँपालिका वडा नम्बर ५ का प्रताप पौडेल रहेका छन् । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा रिफर गरिएको उनले जानकारी दिए ।

यस्तै धादिङ गजुरी गाउँपालिका पिजँडा स्वास्थ चौकीबाट सञ्चालित बा २ झ ३०९८ र प्राविधिक स्वास्थ केन्द्र धादिङबाटै सञ्चालित बा २ झ ४३३३ नम्बरको एम्बुलेन्समा १५ जना यात्रुलाई पर्वतबाट धादिङ लैजाँदै गरेको अवस्थामा पोखरा–बागलुङ सडकखण्डबाट नियन्त्रणमा लिएर कानुनी प्रक्रियाअनुसार कारबाही अघि उनले जानकारी दिए छन् ।

यस्तै, पोखराको मेट्रो सिटी र फेवा सिटी अस्पतालले आकस्मिक स्वास्थ सेवामा प्रयोग हुने एम्बुलेन्स सेवाग्राहीले फोन गरेर बोलाउँदा बाहाना बनाएर नआएको भन्दै कार्वाही गरेको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...