पोखरामा लाईसन बनाईदिन्छु भन्दै पैसा लिई ठगी गर्ने पक्राउ

पोखरा, २१ जेठ /सवारी चालक अनुमति पत्र बनाईदिन्छु भन्दै पैसा असुलेर ठगी गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सुचनाको आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलिले चितवन पार्वतिपुर उपमहानगरपालिका वडा नं ३ कन्चनबस्ति भई हाल पोखरालेखनाथ महानगरपालिका वडा नं ५ प्रस्याङ बस्ने ३१ बर्षिय राजु पौडेललाई प्रहरीले पक्राउ गरेको हो।
पौडेलले लाईसन बनाईदिन्छु भन्दै १५ हजार देखी ६७ हजार सम्म लिएको प्रहरीको भनाई छ ।

करिब ६ महिना देखी १ दर्जन भन्दा बढि व्यक्तिहरुबाट नगदका साथै निजहरुको नागरीकता समेत पौडेलले राखेको प्रहरीको भनाई छ । उनले सबारी चालक अनुमति पत्र नबनाएको र पैसा लिई ठगी गरेको भनि अनुसन्धानकै क्रममा स्विकार गरेको प्रहरीले जानकारी दिएको छ । पौडेललाई आइबार नै कास्की जिल्ला अदालतबाट ठगी मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...