वडाका आधारमा नभई भुगोलका आधारमा वजेट विनियोजन गर्न माग

पोखरा, २८ साउन/पोखरा लेखनाथ महानगरको पिछडिएको वडाका रुपमा रहेको वडा नं २८ लाई समृद्ध वडा वनाउन त्यहाका युवाहरुले समग्र वडाको समृद्ध अभियान सुरु गरेका छन् । लेखनाथ चोक देखी करिव ६ किलोमिटर  उत्तर पुर्वमा रहेको उक्त वडा तत्कालिन गाउविकास समितिवाट एकै चोटी महानगरमा गाभिएको थियो । साविक कालिका गासिवसका पाँचवटा वडा र माझाठाना गाविसका केही वडा मिलाएर वडा नं २८ वनेको हो ।

आवश्यक पुर्वाधार समेत नवन्दै महानगर घोषणा भएपछि त्यहाका युवाहरुले समृद्ध वडा निर्माणका लागी सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।महानगर भएपनी वडा नं २८को आरुपाटामा आवश्यक पर्दा सवारी साधनमा ओहोर दोहोर गर्न समेत मुस्कील छ । विरामी पर्दा एम्वुलेन्स लैजान कठिन छ । सडकको स्तरोन्नती त्यहाको प्रमुख आवश्यकता वनेको छ ।

आरुपाटा समृद्धी अभियान सुरु गरेका त्यहाका युवाहरुले शनिवार वडा नं २७, २८ र ३० नं वडाका वडाध्यक्षहरुसँग सामूहीक छलफल एवं अन्तरक्रिया गरे ।कार्यक्रममा वोल्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले महानगरपालिकाले वडाका हिसावले नभई  भूगोलका आधारमा वजेट विनियोजन गर्न माग गरे । साविकको लेखनाथ नगरपालिकामा अहिले आठ वटामात्र वडा रहेका छ्न् । जुन भूगोलका हिसावले अन्य वडाभन्दा निकै ठूला छन् । उनले विकासले पछि परेको आरुपाटामा  त्यहाका युवाहरु जागरुक वन्न सके विकासले आफै पछ्याउने भन्दै सो क्षेत्रको विकास निर्माणका लागी निजिक्षेत्रले सघाउने वताए ।

वडा न. २८ का वडाध्यक्ष निर्मल दियाली सुनारले राजनीतिक विचारभन्दा माथी उठेर सामाजिक भावनाकासाथ आँफुले समृद्ध वडा निर्माणमा जुट्ने वताए । सवैको सहयहोग, सल्लह र सुझावले मात्र समृद्ध टोल तथा वडा वनाउन सहयोग पुग्छ उनले भने ।वडा नं २७का वडाध्यक्ष पुर्णकुमार गुरुङले २० वर्षसम्म जरोगाडेर वसेका कर्मचारीलाई तह नलगाएसम्म कुनै विकास संभव नहुने भन्दै कर्मचारीले गाडेको जरा उखेल्न जनप्रतिनिधि लागी पर्ने वताए । उनले आफ्नो वडाको विकास गर्दा छिमेकी वडालाई समेत लाभ पुग्नेगरी विकासका योजना अघि सार्ने वताए ।

वडा नं ३०का वडाध्यक्ष श्रीराम पोखरेलले जनताका कामलाई प्राथमीकतामा राखेर अघि वढ्ने वताए । पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेनाले स्थानिय क्षेत्रको साधन स्रोतलाई संवन्धीत वडाले नै परिचालन गर्र्नेे व्यवस्था मिलाउन संवन्धीत वडाध्यक्षहरुलाई आग्रह गरे ।  समाजसेवी एवं एमाले कालिका गाउ कमिटिका पुर्व अध्यक्ष भोलानाथ त्रिपाठीले पारदर्शीता र सुशासनलाई मध्यनजर गरेर जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिए । समृद्ध आरुपाटा  अभियानका संयोजक शम्भु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पुस्पराज चापागाई, रामप्रसाद वास्तोला लगाएतले शुभकामना व्यक्त गरे ।

कमेन्टहरु
Loading...