पोखरा लेखनाथ ३१ का नबनिर्वाचित जनप्रतिनिधीहरुको पदभार ग्रहण

कृष्ण आचार्य​, पोखरा , १६ जेठ /पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर ३१ का नबनिर्वाचित जनप्रतिनिधीहरुले पदभार ग्रहण गरेका छन् । मंगलबार सबिकको लेखनाथ नगरपालिका कार्यलय अर्थात पोखरा लेखनाथ महानगरपालीकाको सेवा केन्द्रमा रहेको वडा कार्यलयको कक्षमा पुगेर नबनिर्वाचित वडा अध्यक्ष कमल बहादुर थापा, सदस्यहरु बिष्णु बहादुर भुजेल, पुर्णाखर पाण्डे, साबित्री भण्डारी र बिष्णु सुनारले पद बहाली गरेका हुन् ।

पोखरा लेखनाथ ३१ का नबनिर्वाचित जनप्रतिनिधीहरुको पदभार ग्रहण

गत बैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट निर्वा्चित पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर ३१ का जनप्रतिनिधीहरुलाई महानगरपालीकाका कानुनी सल्लाहकार राममणी अधिकारी, वडा नम्वर ३१ का वडा सचिब रेशमलाल सापकोटा लगायतले कार्यलयमा स्वागत गरेका थिए । पदबहाली गर्दै नबनिर्वाचित अध्यक्ष थापाले आफु वडा नम्वर ३१ का जनताको दुख सुखमा सधै साथमा रहने बताउदै जनतालाई छिटो छरितो सेवा प्रवाह गर्न सधै प्रयत्नशिल रहने प्रतिबद्दता ब्यक्त गरेका छन् । उनले कुनै राजनैतिक पुर्वाग्रह नराखी सबैलाई समान रुपमा समेटेर अगाडी बढ्ने पनि बताए ।

पोखरा लेखनाथ ३१ का नबनिर्वाचित जनप्रतिनिधीहरुको पदभार ग्रहण

पदबहाली पछि मंगलबार नै बसेको वडा नम्वर ३१ को पहिलो बैठकले बेगनासताल संरक्षण गर्न पहल गर्ने लगायतका चार निर्णय पनि गरेको छ । जस अनुसार पहिलो निर्णयमा स्थानिय तहको निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यलय, निर्वाचनमा खटिने कर्मचारी, सुरक्षा निकाय, सम्पुर्ण राजनैतिक दल, नागरिक समाज लगायत मतदानमा सहभागी सम्पुर्ण मतदाता लगायतलाई धन्यवाद दिईएको छ ।

नबनिर्वाचित वडा अध्यक्ष कमल बहादुर थापा, सदस्यहरु बिष्णु बहादुर भुजेल, पुर्णाखर पाण्डे, साबित्री भण्डारी र बिष्णु सुनार

त्यस्तै दोस्रोमा बेगनासताल संरक्षण कोष व्यवस्थापन कार्यबिधि २०७३ लाई स्विकृतका लागि महानगरपालीकालाई आग्रह गर्ने, तेस्रोमा वडा कार्यलय व्यवस्थापनका लागि पनि महानगरपालीकालाई अनुरोध गर्ने र चौंथोमा वडामा सेवा लिन आउने बिषेश गरि अपाङ्ग, जेष्ठ नागरिक, बालबालिका एवं महिलाहरुका लागि निबेदन वडा कार्यलय कै तर्फबाट लेखि सेवालाई सरल र प्रभावकारी बनाउन व्यवस्था गर्ने लगायतका निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...