पोखरा महानगरपालिका सुधारका २८ बुँदे कार्य योजना सार्वजनिक

पोखरा, ३० चैत/पोखरा लेखनाथ महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत दीर्घ नारायण पौडेलले महानगरपालिका सुधारका २८ बुँदे कार्य योजना सार्बजनिक गरेका छन् । नयाँ बर्ष २०७४ को शुभकामना आदान प्रदान एवम् पत्रकार भेटघाट कार्यक्रमका अवसरमा उनले महानगरका भावी कार्ययोजनाहरु सार्वजनिक गरे ।

सार्वजिक योजनाहरुमा सेवा प्रवाहलार्इ छिटो छरितो एवम् प्रभावकारी बनाउने, फोहरमैला व्यवस्थापनलार्इ प्रभावकारी बनाउने, फूटपाथ एवम् छाडा पशुचौपायालार्इ ब्यवस्थित गर्ने, ताल तलैया संरक्षणमा प्राथमिकता दिने, ल्या्ण्डफिल साइटको बैकल्पिक ब्यवस्था गर्ने, जग्गा प्लटिङ्लार्इ नियन्त्रण एवम् व्यवस्थित गर्ने, ट्राफिक ब्यवस्थापन गर्ने, नक्शा पासको अनलाइन प्रकृयालाई प्रभावकारी बनाइने, महानगर क्षेत्रभित्र कम्तिमा ५ वटा सार्वजनिक शौचालयको ब्यवस्था गर्ने, राजश्वको थप श्रोतको पहिचान गरि कर अभियान सञ्चालन गर्ने, प्राविधिक पुर्वाधारको सबलिकरण गर्ने, सार्वजिक जग्गाको संरक्षण एवम् प्राकृतिक सम्पदाहरुको संरक्षण एवम् व्यवस्थापन गर्ने छन् ।

यस्तै, महानगरपालिकाले Quick Responce Team को गठन गरि सेवालार्इ थप प्रभावकारी बनाउने योजनासमेत सार्वजनिक गरेको छ । महानगरबाट सम्पादित कार्यहरुको बारेमा नगरबासीलाइ सुसुचित गराउने, कार्यालयमा नागरिक वडापत्र एवम् गुनासो तथा सुझाव पेटिका ब्यवस्थित गर्ने, प्लाष्टिक झोला नियन्त्रणमा सघन रुपमा अनुगमन गर्ने, सुचनामा एकद्धार प्रणाली अपनाउने, वातावरणमैत्री वडा घोषणालार्इ निरन्तरता दिने, टोलविकास संस्थाका काम कारवाहीलाइ थप प्रभावकारी बनाइने, नगर प्रोफाइल तयार गर्ने, फरक क्षमता भएका र ७० बर्षभन्दा माथीका बृद्धबृद्धाहरुका लागि निःशुल्क नगरबसको सेवा शुरु गर्ने, क्षेत्रिय बसपार्कको अवधारणालार्इ अघि बढाउने, सभागृहको मर्मत सम्भार गर्ने लगायतका कार्ययोजनाहरु सार्वजनिक भएका हुन् ।

कमेन्टहरु
Loading...