पोखराको लेखनाथमा दुर्घटना

पोखरा, २६ कात्तिक /पोखरा लेखनाथ महानगरपालिका २७ सुन्दरी बजारमा शिशुवाबाट पोखरातर्फ आउदै गरेको बस र पोखराबाट जादै गरेको मोटर साइक ठोकिदा दुई जना घाईते भएका छन् ।

ग १ ख ३७५६ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको ग ५ प ९१३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक र पछाडि सवार पोखरा लेखनाथ महानगरपालिका १३ सितलादेबी बस्ने २१ वर्षका सरोज गुरुङ , कास्की मादि गाउंपालिका १ पार्चे बस्ने २५ वर्षका रोहन बिक घाईते भएका छन् ।

घाईतेहरुलाई उपचारको पश्चिम क्षेत्रीय अस्पताल उपचार भएको छ । बस चालक र मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरि रहेको प्रहरुीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...