पोखराको लेकसाइडमा भ्यानले मोटरसाइकलाई ठक्कर दियो

पोखरा, ३० कात्तिक /पोखरा लेखनाथ महानगरपालिका ६ गौरीघाट दुर्घटना भएको छ । ग२ च २४० नम्बरको भ्यानले ग ८ प ५६२८ नम्बरको मोटरसाईकललाई ठक्कर दिई भाग्ने क्रममा ग १ ञ १२६५ नम्बरको स्कारपियोलाई पनि ठक्कर दिंएको छ ।

ठक्करबाट मोटरसाईकल चालक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ गौरीघाट बस्ने ४० वर्षिय कृष्ण भट्टराई र मोटर साइकलको पछाडी सवार काठमाण्डौ बस्ने ३२ बर्षिय नगेन्द्र कुमार लिम्बु गम्भिर घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते भएका उनिहरुको पोखरा मेट्रोसिटी अस्पतालमा उपचार भएको छ । प्रहरीले भ्यानका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

कमेन्टहरु
Loading...